१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी मन्त्रीद्वारा सुन्दरीजलस्थित मेलम्ची आयोजनाको कामको निरीक्षण

अ+ अ-

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको कामको शुक्रबार आकस्मिक निरीक्षण गरेकी छन् । मन्त्री मगरले सुन्दरीजलमा भइरहेको मेलम्ची आयोजनाको कामबारे आकस्मिक निरीक्षण गरेकी हुन् ।

निरीक्षणका क्रममा उनले आयोजनाको काममा कुनै असर आउन नदिन निर्देशन दिइन् । ‘सरकारले तोकेको निर्धारित समयमै पानी आउने गरी आयोजनाको काम रफ्तारमा अघि बढाउनुस्’, उनले भनिन्, ‘आयोजनाको कामप्रति म सन्तुष्ट नै छु । कहीँकतैबाट असर नपुग्ने गरी काम सक्नु होला ।’

मेलम्चीको पानी सिन्धुपाल्चोकस्थित अम्बाथान हुँदै सुरुङबाट काठमाडौँको सुन्दरीजलसम्म ल्याउने कार्यको प्रगति उल्लेखनीय हिसाबले भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए । कार्यकारी निर्देशक खत्रीले सुन्दरीजलस्थित आयोजनाको काम तीव्र गतिले अघि बढिरहेको बताए। खत्रीका अनुसार अहिले सुन्दरीजलमा पानीको वास आउट पाईप जडान कार्य भइरहेको र ‘इन्भर्ट लाइनिङ’को काम चलिरहेको छ ।

पानी वितरण पाइप लाइनका लागि आवश्यक पर्ने सामानहरु कार्यस्थलमा आइसकेको उनले जानकारी दिए । ‘सुरुङमा लाग्ने गेट पनि साइटमा आइसकेको छ’, खत्रीले भने, ‘अहिले गेट जडानका लागि आवश्यक निर्माण कार्य भईरहेको छ । अब सुन्दरीजलको काम सक्न धेरै समय लाग्दैन ।’

ठेकेदार कम्पनी सिनो हाइड्रोले अहिले अम्बाथानमा हेडवक्र्स (मुख्य बाँध) को काम धमाधम गरिरहेको छ । हेडवक्र्सको काम करिब ५५ प्रतिशत सम्पन्न भइसकेको छ । हेडवक्र्सको काम भइरहँदा कपर ड्याम (अस्थायी ड्याम) बनाएर मेलम्चीको पानी सुरुङभित्र पठाउनका लागि काम अघि बढिरहेको खत्रीले बताए ।

त्यसैगरी सुरुङबाट सुन्दरीजलसम्म पानी ल्याई सकेपछि पानी प्रशोधन गर्न सुन्दरीजलमै दुई वटा प्रशोधन केन्द्रसमेत बनाईएको छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानीमध्ये साढे ८/८करोड लिटर क्षमताका दुईवटा प्रशोधन केन्द्र सुन्दरीजलमा बनेका छन् । मेलम्चीको पानी काठमाडौंमा वितरण गर्नुअघि सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधन गरेर मात्र वितरण गरिने छ ।

सुरुङ मार्गपछि प्रशोधन केन्द्र मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुख्य संरचना हो । उक्त केन्द्रबाट पानी प्रशोधन गरेर उपत्यकाका ६ स्थानमा निर्माण गरिएका ट्याङ्कीमा पानी जम्मा गरिनेछ । त्यसपछि वितरण पाइपबाट घरघरमा पानी पुर्‍याइनेछ ।

प्रतिक्रिया दिनुहोस