२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्दीपुर अस्पतालमा आइसोलेसन कक्ष

अ+ अ-

दमौली। कोभिड-१९ का शङ्कास्पद बिरामीको उपचारका लागि तनहुँको बन्दीपुर अस्पतालमा ‘आइसोलेसन कक्ष ’स्थापना गरिएको छ ।

अस्पतालमा आठ श्ययाको सो कक्ष निर्माण गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । सो कक्षमा कोरोना सङ्क्रमणका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको उनले बताए ।

“गाउँपालिकाले कोरोना भाइरसबाट बच्न सतर्कता अभियान पनि सञ्चालन गरिरहेको छ”, अध्यक्ष थापाले भने । कोरोना भाइरस स्वासप्रस्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाको माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग रहन गाउँपालिकावासीलाई आग्रह गरिएको उली जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिका–५ बलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा केही दिन अगाडि मात्रै १२ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । आइसोलेसन कक्षलाई २० श्ययासम्म पु¥याउन सकिने अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए ।

व्यावसायिक करमा पचास प्रतिशत छुट

कोरोनाको प्रभावले व्यवसायमा असर परेको भन्दै गाउँपालिकाले चालु आर्थिक वर्षमा व्यावसायिक करमा पचास प्रतिशत छुट दिने निर्णय गरेको छ । बुधबार सम्पन्न गाउँपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

वित्तीय सङ्घसंस्थालाई व्याजदर कम गर्न तथा घरधनीलाई घरभाडा शुल्कमा सहुलियत गर्न अनुरोध गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए । “कोरोना भाइरसको कारण सबै किसिमका व्यवसायमा समस्या भएपछि व्यवसायीलाई हतोत्साही हुन नदिन व्यावसायिक करमा छुट दिने निर्णय गरिएको हो”, उनले भने ।