२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीका नौ स्थानमा हेल्थ डेस्क स्थापना

अ+ अ-

डोटी । जिल्लाका नौ वटा स्थानमा हेल्थ डेस्क स्थापना गरिएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति डोटीको निर्णय अनुसार पहिलो चरणमा ४ थान जिल्ला अस्पताल, दिपायलको पिपल्ला बजार, आदर्श गाउँपालिकाको मौवा र जोरायल गाउँपालिकाको बुडरमा ‘हेल्थ डेस्क’को स्थापना गरिएका छन् ।

शनिवार मात्र डोटीको बडीकेदार गाउँपालिकाको वडा नम्बर १ बिपीनगर र के आई सिंह गाउँपालिकाको वडा नम्बर ४ दुर्गामाण्डौमा स्थापना गरिएका थिए । भने आइतबार शिखर नगरपालिकाको वडा नम्बर ७ तलकोट सोही नगरपालिकाको वडा नम्बर १०बानडुग्रीसैन र पुर्विचौकी गाउँपालिकाको वडा नम्बर ४ सानागाउँमा पनि हेल्थ डेस्क स्थापना गरिएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिएका छन् ।

जिल्लाका विभिन्न स्थानमा हेल्थ डेस्क स्थापना गर्नुका साथै जनचेतनामूलक कार्यक्रमहरूलाई पनि निरन्तरता दिई रहेका स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश सलामीले बताए । स्वास्थ्य कार्यालयले आजै मात्र बाल सुधार गृह डोटीमा रहेका बालकहरूलाई र जिल्ला कारागार डोटीमा रहेका कैदीबन्दीहरुलाई कोराना भाइरसबाट बच्च अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी गराएको हो ।

डोटी जिल्लामा हालको अवस्थामा जिल्ला अस्पतालमा २, प्रहरी अस्पतालमा ३, शैलेश्वरी अस्पतालमा २, सुजन अस्पतालमा २ र चोपडा अस्पतालमा २ गरी एघार वटा आईसोलेसन ब्याडको व्यवस्थापन गरिएको समेत प्रमुख सलामीले बताए । स्थापना भएका ‘हेल्थ डेस्क’मा आवश्यक पर्ने सम्पूर्ण उपकरण सहित स्वास्थ्य कर्मीको व्यवस्था गरिएको छ ।

गैसका सम्पूर्ण कार्यक्रम स्थगित
गैरसरकारी संस्था महासङ्घ जिल्ला शाखा डोटीको आइतबार बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारको निर्णय अनुसार डोटी जिल्लामा कार्यरत सम्पूर्ण गैरसरकारी संस्थाहरूले आफ्ना नियमित कार्यक्रम गतिविधि, बैठक, गोष्ठी, सेमिनार जस्ता क्रियाकलाप नगर्ने र फिल्डमा रहेका कर्मचारीहरूलाई आफू सुरक्षित रही आफ्नो पायक पर्ने स्थानबाट कोरोना सङ्क्रमणबाट बच्न सचेतनामूलक सन्देश पवाहमा सहयोग गर्न सहकार्य गर्ने निर्णय गरिएको डोटी शाखाका अध्यक्ष रघु बहादुर कठायतले जानकारी दिएका थिए ।

अध्यक्ष कठायतका अनुसार जिल्ला स्थित विभिन्न गैरसरकारी संस्थाहरूले जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्नुका साथै बाल्टी, साबुन, मास्क वितरण गरी सहयोग गर्ने निर्णय समेत बताए ।

अत्यावश्यक सेवा नियमित गर्न प्रशासन द्वारा अनुरोध
जिल्ला स्थित सम्पूर्ण सरकारी कर्मचारी र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका कर्मचारीहरूलाई नियमित कार्यालयमा उपस्थित भएर कामकाज गर्न जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार सूचना जारी गर्दै अनुरोध गराएको छ ।

नोबेल कोरोना भाइरसको रोकथामका लागि सतर्कता स्वरूप नागरिकता तथा राहदानी लगायतका कामहरू यही चैत्र ९ गतेदेखि २१ गतेसम्मका लागि सेवा बन्द गरेको प्रशासनले अत्यावश्यकता सेवाहरू भने सुचारु रहने जनाएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुरूपका अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू भने चैत्र ९ देखि २१ गतेसम्मका लागि बन्द गर्ने र सोको सूचना जारी गर्न सबैलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलद्वारा हस्ताक्षर गरेको जारी सार्वजनिक सूचनामा जिल्लामा रहेका सम्पूर्ण कर्मचारीहरू नियमित कामकाजका साथै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कताका साथै कार्ययोजना बमोजिम परिचालन हुन र हेल्थ डेस्कको अनुगमन, प्रभावकारी सुपरिवेक्षण समन्वय र प्रतिवेदनमा केन्द्रित रहन आग्रह गरिएको छ ।

सन् २०१९ डिसेम्बरको सुरुवातमै चीनको वुहान सहरमा एकाएक देखिएर हाल एक सय ८० वटा देशसम्म फैलिएको कोरोना भाइरस (कोभिड–१९) को पूर्व सतर्कताका लागि डोटीमा ‘हेल्थ डेस्कको स्थापनाका साथै सो सँग सम्बन्धित विभिन्न गतिविधिहरू सञ्चालन भई रहेका छन् ।