२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली सरकारको पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजनाको ‘आधारपत्र’ सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश योजना आयोगले आज राजधानी सुर्खेतमा पत्रकार भेटघाट आयोजना गरी प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गरेको हो । आयोगका उपाध्यक्ष प्रा। डा। पुण्यप्रसाद रेग्मीले २०७६/७७–२०८०/८१ सम्मका लागि निर्माण भएको आधारपत्र सार्वजनिक गर्दै यो १० परिच्छेदमा तयार गरिएको बताए ।

पत्रकार भेटघाटमा उपाध्यक्ष प्रा डा रेग्मीले भने, “कर्णालीको विद्यमान मानचित्रलाई रुपान्तरण गरी आर्थिक समृद्धि हासिल गर्न ‘कर्णाली सोच, २१००’ निर्माण गरिएको छ जसले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ मूलमन्त्र पूरा गर्नेछ । आधारपत्र प्रथम पञ्चवर्षीय योजनासहित २५ वर्षमा कर्णाली प्रदेश र यहाँको मानचित्रलाई विकास र समृद्धिको लक्षित सफलतामा पुर्‍याउने महत्वपूर्ण जग हो ।”

उनले कर्णाली प्रदेशको अहिलेको कूल ग्रार्हस्थ्य उत्पादन रु एक खर्ब १९ अर्ब रहेकामा पाँच वर्षमा रु दुई खर्ब ४० अर्ब पुर्‍याइने भन्दै यसका लागि सरकारले रु पाँच खर्ब २१ अर्ब लगानी गर्नुपर्ने बताए । उनका अनुसार प्रथम पञ्चवर्षीय योजनाको आधार वर्षले कर्णालीको अहिलेको आर्थिक वृद्धिदर ९.९ पुर्‍याउने लक्ष्य राखेको छ । त्यसका लागि सार्वजनिक खर्च कम्तीमा ७५ प्रतिशत पुग्नुपर्दछ ।

लगानीबाट आर्थिक वृद्धि र विकास सम्भव हुने बताउनुभएका उपाध्यक्ष प्रा डा रेग्मीले भने, ‘प्रथम पञ्चवर्षीय योजनाको आधारपत्रले कर्णाली समृद्धिका लागि सातवटा क्षेत्रमा प्राथमिकता दिएको छ । भौतिक पूर्वाधार, सामाजिक विकास, हरित अर्थतन्त्रमा आधारित उत्पादन, पर्यटन र वातावरण, ‘विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तन,’ सूचाना, सञ्चार र डिजिटल कर्णाली र सुशासनलाई विकासको प्रमुख संवाहक बनाएर प्राथमिकतामा राखेको छ ।’

उनका अनुसार प्रथम पञ्चवर्षीय योजनाले सार्वजनिक गरेको आधारपत्रअनुसार हाल कर्णालीका नागरिकको प्रतिव्यक्ति आय रु ६०६ बाट बढाएर अबको पाँच वर्ष ९२०८०/८१० मा रु।एक हजार १४७ अमेरिकी डलर पुर्‍याउने र हाल करीब ५१.२ प्रतिशत रहेको बहुआयामिक गरिबीलाई पाँच वर्षमा २५ र २९ प्रतिशत रहेको निरपेक्ष गरिबीलाई १८ मा झार्ने लक्ष्य बनाएको छ ।

आयोगका सदस्य डा दीपेन्द्र रोकायले कर्णाली नबनेसम्म सिङ्गो मुलुकको समृद्धि नहुने बताए । ‘सङ्घीय सरकारले नै कर्णाली विकासमा बढी जोड दिनुपर्दछ र कर्णाली प्रदेश सरकारले आधारपत्रमा टेकेर अघि बढ्नुपर्छ । विद्यमान संस्कारबाट माथि उठेर विकास योजना कार्यान्वयनमा ल्याउनुपर्छ’, सदस्य डा रोकायले भने ।

उनको अनुसार २९ प्रतिशत दलित रहेको यो प्रदेशमा उनीहरुलाई मूल प्रवाहीकरणका लागि सरकाले विशेष कार्यक्रम लागू गर्नाका साथै परम्परागत विकास पद्धतिको अन्त्य गरी जलविद्युत् उत्पादनमा जोड दिने तथा अर्थतन्त्रको तीन खम्बा कृषि, उद्योग र सेवालाई स्थापित गरेर लैजानुपर्दछ ।