६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपति क्षेत्रमा भीड कम गराउन कोषको विशेष व्यवस्था

अ+ अ-

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथका भक्तजनमा घरमै बसेर भाव दर्शन र मानसी पूजा गर्न सार्वजनिकरूपमा आह्वान गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पशुपतिनाथका भक्तजनमा कोषले यस्तो आह्वान गरेको हो ।

सङ्कटका बेलामा गर्न सकिने गरी भाव दर्शन र मानसी पूजाको व्यवस्थासमेत शास्त्रमा रहेकाले कोषले यस्तो आह्वान गरेको कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । घरमै बसेर भावनाले पशुपतिनाथको दर्शन गरेको, जल अभिषेक लिएको र चन्दन लगाएको अनुभव गर्न सकिने उनले बताए । मानसिकरूपमा यसरी गरिने भावनाले समेत मनमा शान्तिको अनुभव हुनेछ ।

पशुपतिनाथ दर्शन गर्न आउने स्वदेशी एवं विदेशी भक्तजनलाई दक्षिणतर्फको २ नं ढोकाबाट मात्र प्रवेश गर्न पनि कोषले अनुरोध गरेको छ । मन्दिर प्रवेश गर्ने अन्य ढोका बन्द गरिएको छ ।

पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका अन्य मन्दिरमा प्रवेश गर्न एकपटकमा १० भक्तजन मात्र छिर्ने व्यवस्था कोषले मिलाएको छ । दश जनाले दर्शन गरेर फर्केपछि मात्र अर्को समूह पठाउने व्यवस्था मिलाइएकोे छ । मूल मन्दिरको उत्तरतर्फको कैलाश नजिकको जुत्ताचप्पल कक्ष पनि हाललाई बन्द गरिएको कोषले जनाएको छ ।

वरुणधारासँगैको जुत्ताचप्पल कक्ष मात्र खुला हुनेछ । त्यससँगैको लकर सेवा पनि बन्द हुनेछ । पछिल्लो समय पशुपतिनाथ मन्दिरमा भारतीय दर्शनार्थीको सङ्ख्यासमेत घट्न थालेको छ । हाल नगण्यरूपमा मात्र भारतीय दर्शनार्थी पशुपति क्षेत्रमा देखिने गरेका छन् । सरकारले आजदेखि सीमानाका बन्द गरेकाले भोलिदेखि नगण्य पनि देखिने छैनन् । कोषले आजदेखि नै पशुपतिमा विशेष पूजा स्थगित गरेको छ ।

कोषले भक्तजनको मनोकाङ्क्षा पूरा हुने गरी रु पाँच हजार १०० देखि रु २१ लाखसम्मको रसिद काटेर विशेष पूजाको व्यवस्था गर्दै आएको थियो ।

पशुपतिमा गरिने नित्यपूजा, बालभोग, मध्याह्नभोगलगायत कर्म भने नियमितरूपमा हुने कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो । पशुपति आउने केही दर्शनार्थीलाई भने चार ढोकामध्ये पश्चिम ढोका मात्र खोलेर टाढाबाट दर्शन गर्ने व्यवस्था गरिएको छ । भक्तजनलाई गरिने जलअभिषेक भने हाललाई कोषले स्थगित गरेको छ ।

पशुपतिनाथ मूल मन्दिरभित्र हुने बेलुकी आरती हेर्न जम्मा हुने भक्तजनलाई समेत प्रवेशमा निषेध गरिएको छ । नगण्यरूपमा छिरेका दर्शनार्थीलाई पनि साबुन पानीले हात गोडा धोएर मात्र मूल मन्दिर प्रवेशको व्यवस्था गरिएको छ । बेलुकी पशुपतिको आर्यघाट पारि गरिने पशुपति गङ्गा आरतीमा पनि हाल २५ जनाभन्दा कम दर्शनार्थीको मात्र उपस्थिति हुने गरी व्यवस्था मिलाइएको छ ।

विद्युतीय शवदाह गृहमा शव जलाउन यन्त्रसम्म जान पनि मृतकका नजिकका सात जना आफन्तमात्र प्रवेश गर्ने व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो । विद्युतीय शवदाह गृहमा भीडभाड कम गर्न पनि मलामीमा आह्वान गरिएको उहाँले सुनाउनुभयो ।

“क्रियापुत्री सेवा केन्द्रमा पनि आफन्त र अत्यावश्यक व्यक्ति मात्र प्रवेश गर्न अनुरोध गरेका छौँ, संवेदनशील स्थान भएकाले अनावश्यक भीडभाड नगर्न आह्वान गर्नुपरेको हो, भक्तजनकै सुरक्षाका लागि यस्तो व्यवस्था गरिएकाले पूर्णरूपमा पालना हुने विश्वास लिइएको छ”, उनले भने ।

पशुपति क्षेत्रमा भीड हुने मन्दिर, उद्यान मृगस्थली, वनकाली, भण्डारखाल, हंशमण्डपजस्ता स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । पशुपति क्षेत्रका आर्यघाट, क्रियापुत्री सेवा केन्द्र, विद्युतीय शवदाह गृह, जुत्ताचप्पल कक्ष, शौचालयजस्ता सार्वजनिकस्थल प्रयोग गर्नैपर्ने अवस्था आएमा कोषले उपलब्ध गराएको सामान प्रयोग गरी साबुन पानीले हात धुन पनि अनुरोध गरिएको प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताए ।

विशेष पूजालगायत हाल स्थगन गरिएका कोषका सेवा अर्को सूचना जारी नभएसम्म खुला नहुने कोषले जनाएको छ । कोषको आह्वानलाई पालना गराउन नियमितरूपमा अनुगमन भइरहेको सदस्य सचिव ढकालले बताए।

प्रतिक्रिया दिनुहोस