२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौकी गाउँका विद्यार्थीमा फैलिएको रोग मौसमी रुघाखोकी

अ+ अ-

डोटी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका–५ गड्सेरास्थित चौकी गाउँमा पर्ने जनप्रिय आधारभूत माविका ३५ जना विद्यार्थीमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । बिरामी रगत सङ्कलन गरी अस्पतालमा परीक्षण गराउँदा उक्त रोग मौसमी रुघाखोकी भएको पुष्टि भएको जोरायल गाउँपालिका स्वास्थ्य संयोजक गाविन्द विष्टले बताए। उनले भने, ‘हामीले बिरामी परेका विद्यार्थीको रगत सङ्कलन गरी परीक्षण गराउँदा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ । आत्तिनुपर्ने अवस्था केही छैन । उपचारपछि सबै निको हुनेछन् ।’ यही फागुन २१ गतेदेखि सो विद्यालयको होस्टेलमा रहेका विद्यार्थीबाट उक्त रोग शुरु भएको थियो ।

विद्यालय नै बन्द गर्ने गरी सबै विद्यार्थी एकाएक बिरामी परेपछि जिल्ला अस्पातल डोटी तथा स्थानीय स्वास्थ्य संस्थाबाट उपचारका लागि चिकित्सक टोली सो क्षेत्रमा गएको थियो । टोलीले शुक्रबारदेखि बिरामी परेका विद्यार्थीको उपचार गर्न शुरु गरेको छ । होस्टेलको सरसफाइ तथा खानामा ध्यान नदिँदा उक्त रोग फैलिएको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रमेश मलासीले बताए ।

उनले भने, ‘होस्टेलमा विद्यार्थीलाई पानी नउमालेर दिने, जहाँ पायो त्यही फोहर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता कुरामा ध्यान नदिएका कारण रोग फैलिएको हामीले पाएका छौँ, त्यसो नगर्न सबै शिक्षक र अभिभावकलाई सुझावसमेत दिएका छौँ ।’स्वास्थ्यकर्मीको टोलीले विद्यालयमा क्याम्प नै खडा गरेर नियमित उपचार शुरु गरेपछि अहिले बिरामीको अवस्था सामान्य हुँदै आएको सो विद्यालयका शिक्षक हर्कबहादुर कठायतले बताए । उनले भने, ‘स्वास्थ्यकर्मीको टोलीले क्याम्प नै खडा गरेर विद्यार्थीको उपचार गरिरहेका छन्, बिरामी परेका विद्यार्थीमा सुधार हुँदै आएको छ ।’

विद्यार्थीलाई रुघाखोकी लाग्दा मास्क लगाउनुपर्छ भन्ने जानकारीसमेत नदिएका कारण यस्तो अवस्थामा पुगेको जिल्ला अस्पताल डोटीका डा ज्योति पाण्डेले बताए । उनले भने, ‘विद्यार्थीलाई रुघाखोकी लाग्दा मास्क लगाउनुपर्छ भन्ने पनि नसिकाएको रहेछ, अहिले त सामान्य कुरामा पनि ध्यान दिनुपर्ने अवस्था छ ।’

त्यस्तै चिकित्सक टोलीले पानी उमालेर प्रयोग गर्ने, पखाला लाग्दा झोलिलो पदार्थ खाने सल्लाहसमेत दिएको छ । अज्ञात रोगले विद्यार्थी बिरामी भएको समाचार तथा फोटो राष्ट्रिय समाचार समिति (रासस) मा प्रकाशित भएपछि संघीय स्वास्थ्य मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा विद्यार्थीको उपचारका लागि स्वास्थ्यकर्मीको टोली शुक्रबार उक्त क्षेत्रमा गएको थियो । आफ्ना नानी बाबुहरु एकाएक बिरामी परेका कारण विद्यार्थीका अभिभावक पनि चिन्तित बनेका थिए ।

छिमेकी विद्यालयका ३५ जना विद्यार्थी एकाएक बिरामी परेपछि यहाँका अन्य विद्यालयमा समेत उक्त रोग फैलिने त्रासले स्थानीयवासी चिन्तित बनेको जोरायल गाउँपालिका–५ खतेडामा रहेको महाकाली माविका प्रधानाध्यापक ज्ञानीप्रसाद ओझाले बताए । उनले भने, ‘छिमेकी स्कूलका नानीबाबुहरु ठूलो सङ्ख्यामा बिरामी परेपछि आफ्नो विद्यालयमा पनि उक्त रोग सर्छ कि भन्ने डरले हामी चिन्तित बनेका थियौँ, स्वास्थ्यकर्मीको टोलीले उपचार गरेपछि विद्यार्थीमा सुधार आएपछि अहिले मन शान्त भएको छ ।’ उक्त गाउँपालिकामा रहेका अधिकांश विद्यालयमा पनि होस्टेल सञ्चालन रहेकाले जिल्ला स्वास्थ्य कार्यालयले ती विद्यालयमा स्वास्थ्य जानकारीसम्बन्धी तत्कालै स्वास्थ्य शिविर राख्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयवासीको माग छ ।