२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बढी संक्रमित

अ+ अ-

काठमाडौँ । विश्वभर कोरोना भाइरस(कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या ९५ हजार नाघेको छ । वल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९५ हजार सात सय २२ पुगेको हो ।

भाइरसबाट अहिलेसम्म इटालीमा सबैभन्दा धेरै १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकमा अमेरिका दोस्रो स्थानमा आइपुगेको छ । अमेरिकामा अहिलेसम्म १६ हजार ६ सय ९१ जनाको भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै स्पेनमा पनि मृत्यु हुनेको संख्या १५ हजार चार सय ४७ पुगेको छ भने फ्रान्समा १२ हजार दुई सय १० जनाको मृत्यु भएको छ ।

अहिलेसम्मको तथ्यांकअनुसार विश्वभर १६ लाख तीन हजार सात सय ज्ञ९ भन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भएका छन् ।

संक्रमितको संख्यामा अमेरिका सबैभन्दा अगाडि छ । अमेरिकामा यो भाइरसको कारण अहिलेसम्म चार लाख ६८ हजार पाँच सय ६६ जना रहेको छ । त्यस्तै स्पेनमा संक्रमित संख्या एक लाख ५३ हजार दुई सय २२ रहेको छ भने इटालीमा यो संख्या एक लाख ४३ हजार ६ सय २६ रहेको छ ।

अहिलेसम्म विश्वभर तीन लाख ५६ हजार ६ सय ५५ जना संक्रमित निको भइसकेका छन् । चीनमा सबैभन्दा धेरै संक्रमित निको भएका छन् । चीनमा अहिलेसम्म ७७ हजार चार सय ५५ संक्रमित निको भएका छन् । स्पेनमा पनि ५२ हजार एक सय ६५ संक्रमित निको भएका छन् । जर्मनीमा निको हुने संक्रमितको संख्या ५२ हजार ४ सय सात रहेको छ । त्यसैगरी एक लाख १७ हजार ७ सय ४९ जनामा संक्रमण देखिएको फ्रान्समा १२ हजार दुई सय १० जनाको मृत्यु भएको छ भने २३ हजार दुई सय ६ जना संक्रमित निको भएका छन् ।