२८ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा सुरक्षा कारबाहीमा ४३ लडाकु मारिएको सेनाको दाबी

अ अ+ अ-

काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको विभिन्न कारबाहीमा कम्तीमा ४३ जना लडाकु मारिएको पाकिस्तानी सेनाले जनाएको छ ।

 सेनाकाअनुसार पछिल्लो ४८ घण्टामा मिर अली र ओरकजाई जिल्लामा गुप्तचर सूचनाका आधारमा विशेष सुरक्षा कारबाही सञ्चालन गरिएको थियो । पाकिस्तानी सेनाको सञ्चार विभाग इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले शुक्रवार जारी गरेको विज्ञप्तिअनुसार मिर अलीमा प्रतिबन्धित संगठन तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) का ३५ जना लडाकु मारिएका छन् । यस्तै, ओरकजाईमा भएको भीषण गोली हानाहानमा थप आठ जना मारिएको सेनाको दाबी छ । 

कारबाहीपछि गरिएको खोजीका क्रममा ठूलो परिमाणमा हतियार, गोलीगट्ठा तथा विस्फोटक पदार्थ बरामद गरिएको पनि सेनाले जनाएको छ। बरामद सामग्रीमा घरमै तयार पारिएका विस्फोटक पदार्थ र विस्फोटक उपकरणसमेत रहेका छन् । 

क्षेत्रमा बाँकी रहेका लडाकुलाई नियन्त्रणमा लिन तथा उनीहरूको गतिविधि अन्त्य गर्न थप खोजी तथा सुरक्षा कारबाही जारी रहेको सेनाले जनाएको छ ।

0 Comments