१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमानाकामा सशस्त्रको पैदल गस्ती शुरु

अ+ अ-

सप्तरी । कोरोना भाइरसको जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी)हरू खडा गरी थप कडाइ गरेको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ६ गणले जनाएको छ । नेपाल–भारत आवतजावत ठप्प गर्न सशस्त्र प्रहरी बलले ठूलो सङ्ख्यामा पोस्ट खडा गरी पैदल गस्तीसमेत थालेको गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले जानकारी दिए ।

भारतसँगको सिमाना ७८ किलोमिटर रहेको सप्तरीमा यसअघि सात वटा मात्र बिओपी थियो । ‘सात बिओपीको जिम्मेवारी क्षेत्र औसत दूरी ११/१२ किलोमिटर रहेकाले सीमानाका पूर्णरूपमा नियन्त्रण गर्न कठिनाइ भइरहेको थियो’, सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले भने, ‘नियमितबाहेक थप १६ स्थानमा अस्थायी चौकी खडा गरी ५५ स्थानमा परिचालन गरिएपछि सीमामा आवतजावत पूर्णरूपमा ठप्प भएको छ ।’

सशस्त्र प्रहरीले खाली रहेको विद्यालय, टहरा र पालमा समेत शिविर खडा गरी सीमाको ५५ स्थानमा परिचालन गरिएको जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि सीमानाका बन्द गरिए पनि खुला सीमाका कारण सर्वसाधारणको आवतजावत भइरहेको विषयलाई मध्यनजर गर्दै सीमामा थप जनशक्ति परिचालित गरी पैदल गस्ती थालिएको सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले बताए ।

लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो । भारतबाट स्वदेश फर्किनेको प्रहरीले स्थानीय तहको सहयोगमा खोजीकार्य जारी राखेको छ । प्रहरीले नाकाबाट लुकीछिपी नेपाल प्रवेश गर्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको जनाएको छ ।

गणपति न्यौपानेले सीमामा गस्तीका साथै ग्रामीण क्षेत्रका सर्वसाधारणमा जनचेतनासमेत फैलाउने कार्य भइरहेको बताए । ‘सीमामा गस्ती पनि भइरहेको छ, उता ग्रामीण भेगहरूमा सर्वसाधारणलाई सङ्क्रमणबाट जोगिनका लागि जनचेतनासमेत फैलाइरहेका छौँ’, उनले भने ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा पाँच, छिन्नमस्ता गाउँपालिकामा सात, राजगढ गाउँपालिकामा १०, तिलाठी कोइलाडी गाउँपालिकमा चार, डाकनेश्वरी नगरपालिकामा नौ, बोदे बर्साइन नगरपालिकामा १२ र बलान बिहुल गाउँपालिकामा आठ स्थानमा सशस्त्र प्रहरी परिचालित भएका छन् ।

जिल्लाको भारतीय सीमामा ५५ वटा केन्द्र राखी २४सै घण्टा निगरानी शुरु गरिएको र मातहतका सबै चौकीले आ–आफ्नो क्षेत्र निगरानी गर्ने गरी गस्ती गरिरहेको जानकारी दिँदै गणपति न्यौपानेले भने, ‘भारतसँग जोडिएको खेत, खोलादेखि गल्लीसम्मबाट आवतजावत हुने सबै स्थानमा निगरानी गरिरहेका छौँ ।’ यसका लागि सप्तरीमा २०० प्रहरी थप गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस