९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरमा ३ हजार ६५ जनाको रिपोर्ट ‘नेगेटिभ’

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशमा हाल सम्म गरिएको तीन हजार ६५ जनाको कोरोना भाइरस परीक्षणमध्ये तीन हजार ६० जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको सोमवारसम्मको अद्यावधिक विवरण अनुसार हालसम्म नतिजा आएकामध्ये पाँच जनामा मात्र कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।

हालसम्म दुई हजार तीन सय ९१ जनाको पिसीआर परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन गरिएकोमा सात सय ५६ जनाको नतिजा आई सकेको मन्त्रालयले जनाएको छ । सोमध्ये सात सय ५१ जनामा कोरोना नभएको पाइएको छ । बाँकी एक हजार ६ सय ३५ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले सार्वजनिक गरेको छ ।

यस्तै यस प्रदेशमादुई हजार तीन सय नौ जनामा र्‍यापिड डाईग्नोष्टिक टेस्ट गरिएकोमा सबैको नजिता ‘नेगेटिभ’ आएको मन्त्रालयको अद्यावधिक प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयले सोमवारसम्म कैलालीमा नौ सय ६०, कञ्चनपुरमा चार सय सात, बैतडीमा एक सय ३७, डडेलधुरामा नौ, डोटीमा दुई सय ७१, बझाङमा चार सय ६१, अछाममा एक र बाजुरामा ६३ जनामा र्‍यापिड डाईग्नोष्टिक टेस्ट गरिएको जानकारी दिएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेश भित्रका विभिन्न जिल्लामा रहेका क्वारेन्टिनमा सोमवार सम्म एक हजार ९७ व्यक्तिहरू रहेका छन् । जसमा ५९ महिला र पाँच बालबालिकाहरू समेत रहेका छन् । कैलालीमा दुई सय ३९, कञ्चनपुरमा दुई सय चार, बैतडीमा दुई सय चार, दार्चुलामा एक सय ६२, डडेलधुरामा ८८, बझाङमा ६७, अछाममा १९ र बाजुरामा ६७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयको अद्यावधिक प्रतिवेदनले देखाउँछ ।

डोटी जिल्लामा क्वारेन्टिनमा रहेका तीन सय पाँच जनाको थ्रोट स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई सोमवार घरमै सुरक्षित बस्ने सर्तमा बिदा गरिएको थियो ।

प्रदेशभरिमा दुई सय ९४ स्थानमा पाँच हजार पाँच सय ७२ बेडको सुरक्षित क्वारेन्टिन तयारी अवस्थामा रहेको समेत प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सोमवार सम्म विभिन्न जिल्लाका आईसुलेसन वार्डमा १५ जना शङ्कास्पद व्यक्तिहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस