२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अलपत्र परेका नागरिकको उद्धार गर्न सर्बोच्चको अन्तरिम आदेश

अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिडका १९) का कारण अलपत्र परेका नागरिकको उद्धार गर्न बिहीबार सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्याधीश सपना प्रधान मल्लको एकल इजलासले वैदेशिक रोजगारीमा गएका नेपालीको उद्धार र राहतका लागि कूटनीतिक माध्यमबाट तत्काल पहल गर्न सरकारलाई अन्तरिम आदेश दिएको हो ।

आदेशमा जोखिममा फसेका नागरिकलाई सर्त–बन्देजसहित फिर्ता ल्याउने पहल गर्नसमेत भनेको छ।

सरकार यस्तो अवस्थामा टुलुटुलु बसेर हेर्न नहुने भन्दै यस्तो महामारीको अवस्थामा वैदेशिक रोजगारीमा गएका नागरिकको हकमा तत्कालै पर्याप्त र प्रभावकारी प्रयास थाल्न आवश्यक देखिएको आदेशमा उल्लेख छ।

वैदेशिक रोजगारीमा जोखिममा परेका नागरिकको उद्धार गर्दा अनियन्त्रित र अव्यवस्थित रूपमा नेपाल प्रवेशबाट हुने थप जोखिमतर्फ गम्भीर ध्यान दिन सर्वोच्चले सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

आदेशमा भनिएको छ, ‘सन्तुलित तरिकाले संरक्षण गर्दै सूक्ष्म, गम्भीर एवं संवेदनशील तरिकाले बिना भेदभाव, बिना स्वेच्छाचारी, विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने, उद्धारका लागि आवश्यक प्रशासनिक, आर्थिक व्यवस्थापकीय पहल गर्न विपक्षीको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’

वैदेशिक रोजगारीमा गएर मुलुकको अर्थतन्त्रमा ठूलो टेवा दिएको तर अहिले रोजगारसमेत गुमाइ अत्यन्त जोखिम, अस्वस्थ, असुरक्षित अवस्थामा रही नागरिकको जीवनको हक, स्वास्थ्यको हक, आफ्नो मुलुकमा फर्कन पाउने हक तथा उद्धारको हकबाट बञ्चित हुनुपरेको भन्दै अधिवक्ता सोमप्रसाद लुइँटेललगायतले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फिर्ता लैजान कतिपय मुलुकले दबाब दिइरहेको र कतिपय वैदेशिक रोजगारीमा रहेका नेपाली घर फर्कन सरकारलाई गुहारिरहेको भन्दै सर्वोच्चलाई जनाउसमेत दिइएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वास्थ्य स्थिति प्रतिवेदन तत्काल तयार गर्न लगाइ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुरुप उपचार र स्वास्थ्य सेवामा भेदभाव हुन नदिन परराष्ट्रमार्फत कूटनीति सञ्चार र समन्वयको कामसमेत थाल्न आदेशमा निएको छ।

यस्तै राष्ट्रिय मानवअधिकार आयोगले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र भाडामा बस्ने सीमान्तकृत समुदाय गाउँ फर्कने क्रममा बाटोमा अलपत्र परेको अनुगमनबाट देखिएको भन्दै जिल्ला र प्रदेशको समन्वयमा उनीहरूलाई खाने र बस्ने प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले खाद्य सामाग्री नहुँदा भोकभोकै जोखिमपूर्ण यात्रा गर्नुपरेको जनाएको छ। आयोगको अनुगमनमा खासगरी ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी महिला र बालबालिकाको यात्रा कष्टप्रद देखिएको छ।

आयोगका सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार काभ्रे, रामेछाप, सिन्धुली, धादिङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलालीलगायत जिल्लामा र सीमा नाकामा पैदल यात्रु नागरिकहरू बिचल्लीमा परेको जानकारी दिँदै आयोगले न्यूनतम मानवाधिकारप्रति गम्भीर हुन सरकारलाई निर्देशन दिएको छ।

आयोगको पहलमा आयोग पदाधिकारी, नेपाल बार, पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ संलग्न केन्द्रीय र प्रदेश समितिसमेत गठन गरिएको छ।