काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा नयाँ एसपी पठाएको छ । ती जिल्लामा कार्यरत एसपी बढुवा भएसँगै रिक्त पदमा काज सरुवा गरिएको हो ।
जसअनुशार सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, नवलपरासी(पश्चिम)मा अजय केसी, बाग्लुङमा शारदा चौधरी र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको छ ।
सुनसरीका यज्ञविनोद पोखरेल, बर्दियाका राजेश बाँस्तोला, नवलपरासी(पश्चिम)का लालमणि आचार्य, बाग्लुङका नवराज भट्ट तथा कैलालीका सुदीप गिरी एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको दरबन्दी रिक्त भएको थियो ।







