२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्यालाको कारखाना

कविता

अ+ अ-

मेरो ज्यालाको कारखाना
बन्द भएको बेला,
नाम्लोको फित्ताले शिर
चुम्न नपाएको बेला,
मेरो दु:खको कसौंडी,
कसरी भर्न सक्छु !!

मेरो चुलोको दियोमा
तेल भर्ने पम्प नभएको बेला,
दु:खको भारीमा सुस्केरा
हाल्ने छ्हारी नभएको बेला,
मेरो बालसखालाई,
कसरी सम्हाल्न सक्छु !!

अन्न उब्जाउने एक फित्ता
जमिनको टुक्रा नभएको बेला,
एक अन्जुली बीउ उमार्ने
करेसा नभएको बेला,
मेरो दु:खको करेसावारी,
कसरी उर्वर बनाउन सक्छु !!

दुई ट्याब्लेट सिटामोल किन्न
पैसाको बिस्कुन नभएको बेला,
झारफुक गराइ निको बनाउन
घरमा धामी नभएको बेला,
मेरो दु:खाईको मलम
के ले पार लगाउनु सक्छु !!

झरिमा छेक्ने छाता
रातका लागि छाना नभएको बेला,
सहयोगीका लागि काँध नदिने
मनकारी छिमेकी नभएको बेला,
मेरो सुख दु:खको मित्रता
कहिलेसम्म अंगाल्न सक्छु !!

मेरो श्रमको खुट्टामा
तलि नभएको बेला,
सरकारी फित्ताले
पूर्ण साथ नदिएको बेला,
मेरो जीवनको पाइला
कसरी अघि सार्न सक्छु !!