२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहर व्यवस्थापन गर्न अल्पकालीन स्थलको खोजी गरिँदै

अ+ अ-

काठमाडौँ । निर्धारित समयमै फोहर विसर्जनस्थल निर्माण नहुँदा काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्नका लागि अल्पकालीनरूपमा स्थानको खोजीकार्य शुरु गरेको छ । उपत्यकावासीको आगामी आर्थिक वर्षको शुरुआतीदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा व्यवस्थापन गर्ने भने पनि निर्माणको काम पूरा नभएको र सिसडोल पूर्णरूपमा भरिसकेकाले कामपाले अन्य स्थानको खोजी गर्न लागेको हो ।

विश्वभरि फैलिएको कोभिड–१९ का कारण दुई महिनादेखि सरकारले देशभरि लकडाउन गरे पनि दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम भएको थियो । निर्माणको काम यस आर्थिक वर्षको अन्त्यसम्ममा पनि पूरा नहुने भएपछि कामपाले अन्य स्थानको खोजी गर्नुपरेको हो । उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गर्दै आएको स्थान नुवाकोटको सिसडोल भरिएकाले र दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण सम्पन्न पूरा नभएकाले आगामी दिनमा फोहर व्यवस्थापनको काम थप समस्याको विषय बनेको छ । धादिङ र नुवाकोट जिल्लाको सिमाना बञ्चरेडाँडामा निर्माण भइरहेको ल्याण्डफिलसाइट छिटो सञ्चालनमा ल्याउन शहरी विकास मन्त्रालय र कामपाबाट संयुक्त प्रयास भने भइरहेको छ ।

‘अन्य समयमा भन्दा बर्खाको समयमा फोहर उत्पादन बढी हुन्छ । यसअघि फोहर व्यवस्थापन भइरहेको स्थानमा फोहर राख्न मिल्ने अवस्था छैन । यसै हप्ता नुवाकोटकै अन्य स्थानमा अल्पकालीन फोहर व्यवस्थापन स्थलको टुङ्गो लगाउने तयारी छ’, कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने ।

बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । यसरी निर्माण पक्षबाट समयमा काम नभएपछि ल्याण्डफिल साइट निर्माण कहिले सम्पन्न हुने भन्नेमा अन्योल भएको छ । निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलमा एक हजार ७९२ रोपनी जग्गा छ ।

काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहर उत्पादन हुन्छ । सबैभन्दा बढी कामपाबाट र अन्य अरु १७ स्थानीय तहबाट फोहर नुवाकोट लगिने गरिएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको सिसडोल १३ वर्षअघि कामपाले दुई वर्षका लागि भन्दै उपभोग गर्दै आएको हो । क्षमताभन्दा बढी र तोकिएको समयभन्दा बढी समय फोहर व्यवस्थापन गर्दै आएको भन्दै सिसडोलका स्थानीयवासीले यसअघि नै विरोध गर्दै आएका छन् ।