२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनिवार्य अवकास प्राप्त सञ्चार सचिव सुवेदीको बिदाइ

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी बिदाइ गरिएको छ । विसं २०४१ मा नेपाल सरकारको निजामती सेवाको खरिदार पदबाट सेवा शुरु गर्नुभएका सुवेदीले बुधबार सचिव पदबाट अवकाश प्राप्त गरेका हुन् ।

मन्त्रालयमा आयोजित समारोहमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सचिव सुवेदीलाई मायाको चिनो प्रदान गर्दै सुवेदीले इमान्दार कर्मचारीका रुपमा आफूलाई प्रमाणित गरेको बताए ।

‘यो चुनौतीपूर्ण मन्त्रालय हो, उहाँले जिम्मेवारी राम्रोसँग निर्वाह गर्नुभयो’, सचिव सुवेदीको प्रशंसा गर्दै मन्त्री डा.खतिवडाले भने । निजामती सेवामा काम गर्दा विभिन्न उतारचढाव आइरहने चर्चा गर्दै मन्त्री खतिवडाले त्यसलाई सफलतापूवर्क पार गर्दै अवकाश प्राप्त गर्नुभएकामा सचिव सुवेदीलाई बधाई दिए ।

यस्तै, सचिव सुवेदीले थोरै समयमा उपलब्धिपूर्ण काम गर्ने प्रयास गरिएको बताए । उनले आफूले बनाएका विभिन्न योजना हाल जारी कोरोना भाइरसको सङ्क्रमणका कारण सम्पन्न गर्न नसकेको उल्लेख गरे । ‘समय थोरै थियो, धेरै काम सम्पन्न गर्ने इच्छा हुँदाहुँदै पनि अहिलेको बाधा अड्चनका कारण सकिएन’, उनले भने ।

सुवेदीले निजामती सेवामा झण्डै ३६ वर्ष काम गरे । यस क्रममा उनले विभिन्न मन्त्रालयको सचिव, विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, लोकसेवा आयोगलगायतमा काम गरे । पछिल्लो समय सञ्चार मन्त्रालयको सचिवका रुपमा गत वर्ष मङ्सिरमा उनले जिम्मेवारी सम्हालेका थिए ।