२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोकर्णेश्वरको शिवचोकका सात घर सिल

अ+ अ-

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ ।

ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले राससलाई जानकारी दिए। सङ्क्रमितको घरमा तीन जनामात्र बस्ने, कोठा भाडामा समेत नलगाएकाले पहिलो चरणमा परिवारका सदस्यको मात्र परीक्षण गर्न लागिएको हो । परिवारका सदस्यको नतिजा नेगेटिभ आए अरुको नगरिने र पोजेटिभ आए सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण गरिने पनि उनले बताए ।

नगरपालिकामा यो दोस्रो सङ्क्रमण भएको प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए । पहिलो सङ्क्रमित गोकर्णेश्वर–४ क्षेत्रमा ट्रेसिङ गरिएका १९७ जनाको आरडिटी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका सबैलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको उनले जानकारी दिए ।

नगरका जनप्रतिनिधि, कर्मचारीलगायत अग्रभागमा रहेर काम गर्नेमा गरिएको पिसिआरको प्रतिवेदन भने नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।