९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौ सामुदायिक वनद्वारा फेकोफनको सदस्यता परित्याग

अ+ अ-

कञ्चनपुर । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल(फेकोफन) बाट यहाँका नौ वटा सामुदायिक वनले संयुक्तरुपमा सदस्यता परित्याग गरेको घोषणा गरेका छन् ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै आएका सामुदायिक वनका पदाधिकारीको संयुक्त बैठकले सदस्यता परित्याग गर्ने निर्णय गरेका हुन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घले निरन्तररुपमा वैज्ञानिक वन व्यवस्थापनका विरुद्धमा गतिविधि अगाडि बढाइरहेकाले फेकोफनबाट अलग हुने घोषणा गरिएको बैठकमा सहभागी वैजनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बहादुर सिंह महराले बताए ।

वैज्ञानिक वन व्यवस्थापनमा आधारित सामुदायिक वनको छुट्टै छाता सङ्गठन निर्माण गरी निरन्तररुपमा वन तथा वातावरण संरक्षण र वनमार्फत जनताको जीवनस्तरमा सुधार गर्ने दीर्घकालीन रणनीतिका साथ अगाडि बढ्ने बैठकका सहभागीले प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

नेपाल सरकारको नीति तथा कार्यक्रमबमोजिम वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ अनुसार जिल्लामा नौ वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनमा आधारित कार्यक्रम सञ्चालनमा रहेको छ ।

फेकोफनबाट सदस्यता त्याग गर्ने सामुदायिक वनमा शुक्लाफाँटा नगरपालिकामा रहेका बैजनाथ सामुदायिक वन, कृष्ण सामुदायिक वन, कृष्णपुर नगरपालिमा रहेका ग्वासी सामुदायिक वन, जगदम्बा मयुर सामुदायिक वन, सिंहपुर सामुदायिक वन, सीता सामुदायिक वन, हरियाली सामुदायिक वन, महाकाली सामुदायिक वन र बेलौरी नगरपालिकामा रहेको रामनगर सामुदायिक वन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस