२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लकडाउन र फुर्सदको सारथि  श्रीमद्भागवत गीता !

अ+ अ-

करिब तीन महिनाको लामो लकडाउनमा मैले  श्रीमद्भागवत  गीताका १८ अध्याय ( नेपाली र संस्कृतमा ) अनि त्यसको तात्पर्य एक पटक होइन तीन पटकसम्म पढ्ने मौका पाए। हुन त म इन्जिनियरिङको विद्यार्थी हो त्यही पनि भागवत गीता पढ्न  सारै  रुचि लाग्यो। गीतालाई म भन्दा विद्वानले पनि धेरै राम्रोसँग व्याख्या गरेका छन् तैपनि मैले पढिसकेपछि छोटकरीमा श्रीमद्भागवत  गीता के- कस्तो हो,केका लागि पढ्ने,  यो पढेर हामीले के ज्ञान हासिल गर्न सक्छौँ? भन्ने  जस्ता विभिन्न मैले बुझेको र पढेको कुरा संक्षिप्तमा राख्ने प्रयास गरेको छु । गीतालाई जति सम्झेर बुझे पनि कम नै हुन्छ तैपनि म यस लेखमा मैले बुझेको  र जानेको ज्ञान व्यक्त गर्ने छु।

श्रीमद्भागवत  गीता  अनुमानित आज भन्दा लगभग ५ हजार वर्ष पहिला अर्थात् कलियुगको आरम्भमा महाभारतको कुरुक्षेत्र नामक युद्ध भूमिमा श्रीकृष्ण भगवानले गीताको उपदेश अर्जुनलाई दिएका  थिए त्यसै उपदेशलाई श्रीमद्भागवत  गीताका रूपमा परिचित मानिन्छ। “भगवद् को मतलब भगवान् र गीताको मतलब गीत अर्थात् यस्तो गीत  जो स्वयं भगवानले आफ्नै मुखबाट गाएको भन्ने बुझिन्छ।” यसमा कर्मयोग, ध्यान योग, भक्ति योग, दिव्य ज्ञान ,परम ज्ञान, परम गोपनीयता ज्ञान एवंम योगविधिहरू जस्ता १८ अध्याय र ७०० श्लोक  क्रम अनुसार सुन्दर तरिकाले वर्णन गरेको  पाइन्छ।

श्रीमद्भागवत  गीता   एक किताब वा धार्मिक ग्रन्थ मात्र होइन यसमा त यस्तो ज्ञान पाइन्छ कि जुन यो पृथ्वीमा जस्तोसुकै मनुष्यले जन्म लिएर आउँछन् तिनीहरूलाई यो सिकाउँछ कि यो दुनियाँमा आफ्ना सपनाहरू कसरी पुरा गर्ने , आफ्नो व्यक्तित्व  कसरी बनाउने, सकारात्मक ऊर्जा कहाँबाट ल्याउने, खुसी के हो? जतिसुकै ठुलो समस्याको समाधान कसरी गर्ने? राम्रो एवंम न्यायिक निर्णय कसरी लिने? बिछोडपन बाट  कसरी बाहिर निस्कने?  भावनात्मक स्थिर कसरी हुने? कुनै पनि व्यापार- व्यवसायमा कसरी प्रगति गर्ने?मेहनत कसरी गर्ने? हामी के हौ अनि को हौ?जिन्दगी जीउने सही तरिका के हो?मरेपछि हामीसँग के हुन्छ ?यो ब्रह्माण्ड कसरी बन्यो?के भगवान् छन्? यदि छन् भने कहाँ छन् ?के हामी पुनर्जन्म लिन्छौँ? यो जीवन सत्य हो या एक काल्पनिक( सपना) या  एक  इलुशन हो ?  हामी हाम्रो लक्ष्य सम्म कसरी पुग्ने ? जीवनमा प्रगति कसरी गर्ने भन्ने जस्ता विभिन्न प्रसन्नको उत्तर(अर्थात् ज्ञान) यस श्रीमद्भागवत  गीतामा पाइन्छ।
संक्षिप्तमा यस श्रीमद्भागवत  गीताबाट के- कस्ता ज्ञान हासिल गर्न सकिन्छ:

✓श्रीमद भागवत गीता रूपी यो अमृतमय दूध पान गर्ने जति सबै विद्वान तथा शुद्ध भक्तहरू हुन्।
✓शरीरको स्थिति अनुकूल रहेर काम गर्नुपर्छ । छिटो कुद्ने मोटरकार मा बसेको व्यक्ति ढिलो कुद्ने मोटरमा बसेको व्यक्ति भन्दा छिटो हिँड्छ, यद्यपि जीव अर्थात् चालक एउटै किन नहोस्।
✓तिमीलाई जे गर्न मन लाग्छ त्यही गर।
✓तिम्रो के गएको छ र तिमी रुन्छौ ? तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ ?
✓तिमीले के पैदा गरेका थियौ र नाश भयो ?
✓तिमीले केही लिएर आएका थिएनौ । जे पायौ, यहीँबाट पायौ । जति दियौ, यहीँ नै दियौ । खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ,त्यो हिजो अरू कसैको थियो, भोलि अरू कसैको हुनेछ ।
✓एउटा हरियो रङको चरा हरियो रुखमा रुखसँग एक हुन भनेर होइन रुखको फल खान भनेर त्यहाँ प्रवेश गर्दछ।
✓जीवनको अन्त्यमा जे-जस्तो भावको स्मरण गर्दै मानिसले शरीर त्यागदछ आगामी जन्ममा उसले ठिक त्यही भाव अनुसारको शरीर उसले प्राप्त गर्दछ।
✓किन व्यर्थ चिन्ता गर्छौ ? कोदेखि व्यर्थै डराउँदछौ ? तिमीलाई कसले मार्छ ?आत्मा न जन्म लिन्छ न मर्छ ।
✓जे भयो, त्यो राम्रो भयो । जे हुँदै छ, त्यो राम्रै हुँदै छ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछ ।
✓तिमी भूतकालको पश्चात्ताप नगर, भविष्यको पनि चिन्ता नगर  वर्तमान चलिरहेको छ ।
✓परिवर्तन संसारको नियम हो । जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो ।
✓एक क्षणमै तिमी करोडपति बन्दछौ, दोस्रो क्षणमा तिमी दरिद्र बन्दछौ ।
✓निरन्तर नदीहरू प्रवेश गरिरहँदा पनि र सर्वदा भरिभराउ रहँदा पनि समुद्र शान्त नै देखिन्छ।
✓संसारमा माथि तिर फेद र तलतिर हाँगा भएको यस किसिमको रुख अहिलेसम्म कसैले देखेको छैन वास्तवमा कुरा(यो संसार) त्यस्तै छ।
✓कुनै कुरा कृष्णको शक्तिमा आधारित छैन भन्नु नै माया हो अर्थात् माया त्यो हो, जो छँदै छैन।
✓जसरी रूखका जरामा पानी दिनाले त्यसका हाँगाबिँगा र पातहरू सन्तुष्ट हुन्छन् र जसरी पेटमा खानेकुराको आपूर्ति गर्नाले शरीरका सबै अङ्गप्रत्यङ्ग तथा इन्द्रियहरू तृप्त हुन्छन् त्यसै गरी भगवानका दिव्य सेवामा संलग्न हुँदा सबै देवताहरू र जीवात्माहरु स्वतः प्रसन्न हुन्छन्।
✓जसरी सूर्यको प्रकाश सारा संसारभरि फैलिएको छ त्यसै गरी भगवानको शक्ति पनि सम्पूर्ण सृष्टि भरी फैलिएको छ र प्रत्येक बस्तु भगवानको शक्तिमै आश्रित छ।
✓मन्दिरमा स्थापना गरिएको भगवानको मूर्तिलाई मात्र विशेष ध्यान दिने तर अन्य प्राणीहरूलाई भने हेला गर्ने नवदीक्षित भक्तले मन्दिरमा गएर भगवानका विग्रहको पूजा गर्नु अर्थहीन हुन्छ।
✓एकादशी,भगवानको अविर्भाव दिवस (जन्माष्टमी) आदि निश्चित दिनहरूमा उपवास बस्नु राम्रो हुन्छ।
✓सम्पूर्ण यज्ञहरूको भोक्ता श्रीकृष्ण नै हुनुहुन्छ किनभने श्रीकृष्ण नै परमस्वामी हुनुहुन्छ।
✓यो संसारमा मानिस चाहे जतिसुकै सानो परोपकारी किन नहोस्,आफ्ना बालबच्चा प्रति उसको विशेष अभिरुचि नै हुन्छ।
✓जब सुनको औँठीमा हिराको पत्थर जोडिन्छ,अति राम्रो देखिन्छ।
✓श्रीकृष्णको शरणमा आउने चाहे तिनीहरूको तल्ला कुलमा जन्मिएका स्त्री हुन्,वैश्य हुन् वा शूद्र हुन् ती सबैले परमधाम प्राप्त गर्दछन्।
✓सबैभन्दा अधम चण्डाल (कुकुरको मासु खाने) कोटीका मानिसहरू पनि शुद्ध श्रीमद्भागवत  गीताका भक्तहरूको सन्त (ज्ञान) पाएर पवित्र हुन सक्दछन्।
✓गुरुले दिने निर्देशन पनि प्रत्यक्ष रूपले भगवानकै निर्देशन हो। गुरुले,सन्तले र शास्त्रले दिने निर्देशन उस्तै प्रकारका हुन्छन् । यी तीन स्रोतहरूमा कुनै विरोधाभास रहँदैन।
✓मानिसले आफ्नो आयआर्जनको ५० प्रतिशत अंश कुनै पुण्य कार्यमा लगाउनु पर्दछ अर्थात् दान गर्नुपर्छ।
✓श्रीकृष्णले स्वयं सामवेदका ऋचाहरूमा म बृहत्साम हुँ, कविताहरूमा म गायत्री मन्त्र हुँ,महिनाहरूमा पवित्र मार्ग महिना हुँ र ऋतुहरूमा म फूलहरू फलाउने वसन्त ऋतु हुँ भन्नुभएको छ।
✓मेरो, तिम्रो, सानो, ठुलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ । तिमी आफू आफै भगवानमा अर्पित हौ ।यही नै सबभन्दा ठूलो सहारा हो ।
✓जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैँका लागि मुक्त हुन्छ ।मान्छे जन्मिन्छ केही समय यही रहन्छ र मर्छ।त्यसैले तिमी आशक्ति रहित भएर काम गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ।
✓”हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। हरे राम हरे राम राम राम हरे हरे यो महामन्त्रको जतिखेर पनि जप अर्थात् कीर्तन  गर्नुपर्दछ।”
✓साशस्त्रको आज्ञापालन गर्नु र भगवानलाई आदर-सम्मान गर्नु प्रत्येक सभ्य मानिसको कर्तव्य हो।
✓तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ।
यसो गर्नाले तिमीले सधैँभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ ।

अब हामी यस श्रीमद्भागवत गीतामा भएका १८ अध्याय र ७०० श्लोकले के-कस्ता ज्ञानहरू दिन खोजेका छन् छोटकरीमा  बुझौँ।
अध्याय १( कुरुक्षेत्रका युद्ध भूमिमा सैनिकहरूको निरीक्षण)
पहिलो अध्यायबाट यो सिक्न मिल्छ कि यस्तो कुन पहिलो वस्तु हो जुन हामीलाई अगाडि बढ्न बाट रोक्छ चाहे हामीमा जतिसुकै ज्ञान होस। कुन एक वस्तुले हामी सही निर्णय लिन सक्दैन। यसको साथै सपनाबाट हकिगतमा
मनुष्य कसरी बदलिन्छ भन्ने ज्ञान प्राप्त गर्न सकिन्छ।

अध्याय २ ( गीताको सारसंक्षेप )
यस अध्यायमा हामीले भावनात्मक स्थिरता, आत्मा, पुनर्जन्म, निर्णय कसरी लिने, रिसको सबैभन्दा ठुलो कारण र त्यसको उपाय के हो? जस्तोसुकै कन्डिसनमा पनि कसरी खुसी हुन सकिन्छ? भन्ने कुराको ज्ञान यस अध्ययनबाट प्राप्त गर्न सकिन्छ।

अध्याय ३ (कर्मयोग )
यस्ता दुई वस्तु (ज्ञान योग र कर्मयोग) के-के हुन् जुन जानी सकेपछि यो दुनियाँमा हामीले जुनसुकै वस्तु (लक्ष्य)प्राप्त गर्न सक्छौ। हामी को हौ? हाम्रो मनलाई कसरी कन्ट्रोल गरेर राख्न सकिन्छ? हाम्रो लक्ष्यमा हामी कसरी पुग्न सक्छौ भन्नेजस्ता विभिन्न ज्ञानहरू यस अध्ययनबाट प्राप्त गर्न सकिन्छ।

अध्याय ४ ( दिव्य ज्ञान)
भगवान् कहिले र कुन रूपमा धर्तीमा आउनुहुन्छ ?भगवानलाई कसरी प्राप्त गर्न सकिन्छ ? गुरुबाट कसरी ज्ञान हासिल गर्न सकिन्छ ? ज्ञान लिन किन जरुरी छ? भन्ने जस्ता विभिन्न कुराको ज्ञान यस अध्यायबाट प्राप्त गर्न सकिन्छ।

अध्याय ५ (कर्मयोग )
आफ्नो लक्ष्य वा सपनालाई कसरी प्राप्त गर्न सकिन्छ ? हाम्रो शरीरले अल्छीपनलाई कसरी बाँधेर राखेको हुन्छ ? भन्नेजस्ता विभिन्न ज्ञान यस अध्यायबाट प्राप्त गर्न सकिन्छ।

अध्याय ६ (ध्यानयोग)
योगी को हुन् ? योगी कसरी बन्छन्?  योगी बनिसकेपछि के गर्नुपर्छ ? असल, सफल अर्थात्  ठुलो मान्छे कसरी हुने? ठूलो मेहनत गर्दागर्दै पनि कुनै कारणले सपना (लक्ष्य)पूरा नहुँदै मृत्यु भएपछि के हुन्छ भन्नेजस्ता विभिन्न ज्ञान यस अध्ययनबाट प्राप्त गर्न सकिन्छ।

अध्याय ७  (भगवानको ज्ञान)
ईश्वरले कसरी यो संसार चलाउनुहुन्छ ? ईश्वर लाई कुन-कस्तो भक्त प्यारो लाग्छ ? मनुष्य भगवानलाई किन चिन्न र देख्न सक्दैनन् भन्ने जस्ता विभिन्न ज्ञान यस अध्यायबाट प्राप्त गर्न सकिन्छ।

अध्याय ८ (भगवान् प्राप्ति)
भगवान् को हुन्,कसरी प्राप्त गर्न सकिन्छ ? देउता को हुन् ? यो संसार कसरी चल्दछ ?  किन हामीलाई आजैबाट गारो कामको सुरुवात गर्नुपर्दछ? यो  प्रमभ्रम, अध्यात्म,कर्म,  यो संसार  के हुन्  ? यो संसारको फैसला कसले गर्दछ? योगीले ईश्वरलाई कसरी चिन्न सक्दछ? भन्ने जस्ता विभिन्न ज्ञान यस अध्यायबाट प्राप्त गर्न सकिन्छ।

अध्याय ९ (परम गोपनीय ज्ञान)
नवौँ अध्यायलाई सबै विधाहरू को राजा भनिएको छ, किनभने यो विधा पहिले-पहिले व्याख्या गरिएका समस्त दर्शन र सिद्धान्तहरूको सार हो। देवताको पूजा गर्दा के हुन्छ?  अत्यन्त गोप्य ज्ञानलाई प्रयोगात्मक रूपमा कसरी प्रयोग गर्न सकिन्छ  एवंम जसले जुन देवता को पूजा गर्छ म त्यही  देवतासँग जोडी दिन्छु र जस्तो भावना उस्तै नतिजा भन्ने कुरा श्रीकृष्णले यस अध्यायमा  भन्नु भएको छ र सही बाटो हिँड्ने मनुष्य अवश्य  एक दिन आफ्नो लक्ष्यमा पुग्न सक्छ भन्ने जस्ता विभिन्न ज्ञानको वर्णन गरिएको पाइन्छ।

अध्याय १०  (भगवानको ऐश्वर्य अर्थात्  महिमा)
के भगवानको कुनै रूप हुन्छ ? भगवान् कहाँ- कस्तो रूपमा हुनुहुन्छ ? के मनुष्यले भगवान् लाई पुरै जान्न र बुझ्न सक्छन्? भन्नेजस्ता विभिन्न ज्ञान यस अध्यायबाट प्राप्त गर्न सकिन्छ। यस अध्यायमा भगवान् श्रीकृष्णले स्वयं आफ्नो मुखार विन्दु बाट आफू को हुँ, कस्तो हु, के गर्छु,  कहाँ बास गर्छु भन्ने जस्ता विभिन्न प्रश्नको उत्तर  दिएको ज्ञान  पाइन्छ।

  अध्याय ११ (श्रीकृष्णको विराट-स्वरुप )
यस अध्यायमा भगवान् श्रीकृष्णले आफ्नो विराट रूप प्रस्तुत गर्नु भएको,कस्ता खालका नेत्रले विराट रूप हेर्न सकिन्छ भन्ने कुराको वर्णन गरेको  र अर्जुनले श्रीकृष्णसँग किन क्षमा मागेका हुन भन्ने कुराको पनि ज्ञान हासिल गर्न सकिन्छ ।

  अध्याय १२  (भक्ति योग)
आफ्नो लक्ष्यमा कसरी अडिक रहने । एक विद्यार्थी अर्थात् शिष्यले आफ्नो लक्ष्य हासिल गर्न के-कस्तो दुःख एवंम प्रयास गर्नुपर्छ ? भन्ने जस्ता विभिन्न ज्ञान को वर्णन भएको यस अध्यायमा पाइन्छ।

  अध्याय १३ (प्रकृति पुरुष र चेतना )
हामीले आज जस्तो काम,कार्य वा कर्म गर्छौ भविष्यमा त्यस्तै परिणामको  फल  प्राप्त गर्न सक्छौँ भन्ने जस्ता विभिन्न ज्ञानको यस अध्यायमा वर्णन भएको पाइन्छ।

अध्याय १४ ( प्रकृतिका तीन गुण )
हाम्रो स्वभाव कसरी यस संसारमा तीन गुण (सत्य, रजु र तमोगुण) मा विभाजित छन्। हामीले अरूलाई नचाहिने कुरामा दुःख दिँदा के हुन्छ ? भन्ने जस्ता विभिन्न कुराको पनि वर्णन भएको यस अध्यायमा  पाइन्छ।
सत्यगुण: सर्वश्रेष्ठ गुण हो । ज्ञान र सुखसँग जोड्छ। यस गुणले मनुष्यलाई सुख दिन्छ।
रजोगुण: कामना र आशक्तिबाट उत्पन्न हुन्छ। कर्म र फललाई बाँधी दिन्छ। यो कर्म गराउने गुण हो।
तमोगुण :भोक, विलास,आलस्य तथा निन्दामा बाधि  दिन्छ। यस गुणले मनुष्यलाई निकै दुःख र आफ्नो स्थानबाट निक्कै तल झारी दिन्छ।

अध्याय १५  (पुरुषोत्तम योग )
यो दुनियाँ कुन प्रकारले एक इलुशन हो? हामी कसरी अड्किएर बसेका छौँ ? एउटा उल्टो रुखको (जरा माथितिर बाँकी पात, हाँगा तलतिर फैलिएको ) उदाहरण दिएर पुरुषोत्तम योग भनेको के हो? भन्ने जस्ता विभिन्न ज्ञानको वर्णन भएको यस अध्यायमा पाइन्छ।

       अध्याय १६ ( दैवी तथा असुरी स्वभाव)
मनुष्यसँग भएका दुई स्वभाव  ( दैबीय अर्थात् देउता सम्मान र असुरि अर्थात् राक्षस सम्मान) एवंम तिन नकारात्मक चिज बास्ना, रिस र लोप  सबैभन्दा ठूला दुस्मन हुन् यिनीबाट कसरी बच्नु पर्छ? भन्ने जस्ता विभिन्न ज्ञानको वर्णन भएको यस अध्यायमा पाइन्छ।

अध्याय १७ ( श्रद्धाका प्रकार )
कर्मको, भोजनको, यज्ञको,तपको ज्ञान आदिलाई कुन तिन भागमा बाँडिएको छ। हामी सधैँ सत अर्थात् राम्रो बाटोमा हिँड्नुपर्छ। मानिसले सोझै कृष्णभावनामृतलाई ग्रहण गर्नुपर्दछ भन्ने  जस्ता विभिन्न ज्ञान यस अध्यायमा वर्णन भएको पाइन्छ।

अध्याय १८ ( उपसंहार: सन्यासको पूर्णता )
यो अन्तिम अध्याय हो  यसमा हामीले त्याग र सन्यास एउटै हो या होइन भन्ने कुरा को ज्ञान प्राप्त गर्न सक्छौँ ।यस  अध्यायमा गीताका सम्पूर्ण उपदेशहरू को सारसंक्षेप दिएको छ। यसमा वैराग्य,भौतिक र प्रकृतिका तीन गुण अरूभन्दा  परको दिव्य स्थिति प्राप्त गर्नु नै जीवनको उद्देश्य हो भन्ने जस्ता विभिन्न कुराको सङ्केत,ज्ञान अर्थात् वर्णन गरिएको पाइन्छ।

मनुष्यहरू आफ्ना सपना चाँडै पुरा हुन, छिट्टै धनी हौ भन्ने चाहन्छन् जतिसक्दो चाँडो त्यो ठुलो स्थान हासिल गरौँ सोच्छन् ।आफ्ना सपना यती ठुला छन् भने के आफू भित्र पनि यति ठूलो ज्ञान हुन जरुरी छैन र ?  पक्कै पनि छ हामीले  यो ज्ञान श्रीमत भागवत गीता बाट मात्र प्राप्त गर्न सक्छौ। श्रिमत भागवत गीता पडिसकेपछि कुनैपनि  मोटिभेशनल बुक वा मोटिभेशनल स्पिकरको जरुरत पर्दैन। हजुरले श्रीमद्भागवत गीताको ठूलो किताब पढ्नै पर्दैन। मैले लेखेको यत्ति कुरालाई बुझेर जान्नुभयो भनेपछि पनि। जतिसुकै समस्या आए पनि श्रीकृष्णले श्रीमद्भागवत  गीतामा वर्णन गरेका अमृत वाणी जसले मनन गर्छ,लागू गर्छ जीवनमा प्रयोग गर्छ उसको समस्या मात्र समाधान होइन उसले जीवन जिउनको, आफ्नो सपना वा लक्ष्य सम्म कसरी पुग्ने भन्ने तरिका अर्थात्  बाटो (ज्ञान ), पनि थाहा पाउँछ।  श्रीमद्भागवत  गीता हिन्दु धर्मको मात्र ग्रन्थ होइन,जबकि भगवान् स्वयं आफूले भन्नुभएको छ व्यक्ति,जाति र धर्म बाट मात्र ब्राह्मण हुँदैन उसको गुणबाट ब्राह्मण हुन्छ यस गीतामा सबै मनुष्यको बराबर हक छ।

आजको यो दुनियाँ कर्म भूमि हो अर्थात् मेहनतको सिद्धान्त सबैको लागि एउटै हुन्छ। त्यसैले सबै जात वर्णका र सबै उमेरका पुरुष, महिलाले  श्रीमद्भागवत  गीता पढ्नुहोस् , सुन्नुहोस् वा सुनाउनुहोस् । हजुर स्वयम् आफू  कर्म अर्थात् युद्ध स्थलको अर्जुन बनेर आफ्नो जीवनको लक्ष्य प्राप्त गर्न सक्नुहुनेछ। यस गीताको ज्ञान ले एक दुःखी भई हारेर धनुष भुइँमा  राखेका अर्जुनलाई महाभारतको महान् युद्धका सर्वश्रेष्ठ योद्धा एवंम विजयता बनाई दियो। यदि हामी पनि जीवनको कुनै लक्ष्य लिएर अघि बढ्दै छौँ समस्या आई परेका छन् भने हामी पनि युद्ध भूमिका एक अर्जुन हौ । त्यसैले  श्रीमद्भागवत  गीताको ज्ञान जान्न हाम्रो रोजाई होइन अधिकार अर्थात् कर्तव्य हो। यस गीता ज्ञानको मनन गरेपछि बुझे पछि हजुरलाई लाग्नेछ कि यस्तो असली ज्ञान किन मैले पहिलै प्राप्त गर्न सकिन?

जीवनको आनन्द प्राप्तिको बाटो यस श्रीमद्भागवत  गीताले दिनेछ। हामी सबैले जीवनलाई सुधारौँ आफू पनि बनौँ र अरूलाई पनि बनाउने प्रयास गरौँ । जब हामी एक आपसमा बन्न सुरु गर्नेछौँ संसारले नयाँ आयाम पाउन सुरु गर्नेछ।यही नै जीवनको सही आनन्द दिलाउने बाटो अर्थात्  श्रीमद्भागवत  गीताले भन्न खोजेको हो।
जय ! श्रीमद्भागवत  गीता!

( ✍️लेखक एभरेस्ट इन्जिनियरिङ कलेज सानेपा, ललितपुरका ब्याचलर इन सिभिल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्  )