२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरिता गिरीलाई कारबाही गर्न सिफारिस

अ+ अ-

काठमाडौं । सांसद सरिता गिरीलाई कारबाही गर्न समाजवादी पार्टीको कार्यदलले सिफारिस गरेको छ । सांसद गिरीलाई पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा कार्यदलले कारबाही गर्न सिफारिस गरेको हो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले पार्टीको ह्वीप विपरित संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि सांसद गिरीले संशोधन प्रस्ताव फिर्ता लिइनन् ।

नेपालको नयाँ नक्सा जारी हुने दिन उनले संसद बहिस्कार गरेकी थिइन् । उनी नेपालको नक्सा सम्बन्धी संविधान संशोधन प्रस्तावको विरोधमा थिइन् ।

उक्त विषयमा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए।

यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ।

कार्यदलको सिफारिसबारे समाजवादी पार्टीको पदाधिकारी बैठकमा छलफल हुँदैछ

कार्यदलको सिफारिस अनुसार पार्टीले कारबाही गरेमा सांसद गिरीको सांसद पद गुम्ने भएको छ ।