२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसद्वारा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण

अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका महाधिवेशन प्रतिनिधिका लागि जुम प्रविधिमार्फत प्रशिक्षण कार्यक्रम पुनः आरम्भ गरेको छ । वर्तमान परिस्थितिलाई मूल्याङ्कन गरी प्रशिक्षण हुन बाँकी प्रदेशहरुको कार्यक्रम जुम प्रविधिमार्फत गर्ने निर्णयअनुरुप शनिबार ओखलढुङ्गाका महाधिवेशन प्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा गर्दै प्रतिष्ठान प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधिले काँग्रेसलाई थप सशक्त बनाउन प्रशिक्षणलाई निरन्तरता दिइने बताए । पार्टीको सिद्धान्त, नीति र कार्यक्रमलाई सदस्यहरुमाझ पुर्‍याउने र सदस्यहरुमार्फत नागरिक मतदातालाई बुझाउन सके काँग्रेसको भविष्य थप सशक्त हुने उनको भनाइ थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले नयाँ पुस्तालाई राजनीतिप्रति आकर्षित गर्नुपर्ने, लोकतन्त्रप्रति विश्वस्त गराउनुपर्ने र काँग्रेसलाई भरपर्दो बनाउने प्रशिक्षणको लक्ष्य रहेको बताए । कार्यक्रममा ओखलढुङ्गा पार्टी सभापति प्रदीप सुनुवार, संविधानसभा सदस्य रामहरि खतिवडा, पार्टीका तर्फबाट प्रदेशसभा उम्मेदवारहरु मित्रसेन दाहाल र बालकृष्ण दाहालले आफ्ना धारणा व्यक्त गरेका थिए।

प्रतिष्ठानका जिल्ला शाखा प्रमुख एवं जिल्ला कार्यसमिति ओखलढुङ्गाका उपसभापति तेजेन्द्र खनालको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका प्रशिक्षण निर्देशक खिलानाथ दाहाल र प्रतिष्ठानका सदस्य राजु नेपालले सदस्यहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रतिष्ठानले यसअघि वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश नं ५ का महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण सम्पन्न गरिसकेको छ । गत चैतमा सम्पन्न गर्ने लक्ष्यका साथ प्रशिक्षण तय भए पनि बन्दाबन्दीका कारण प्रदेश नं १, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशको प्रशिक्षण हुन सकेको थिएन ।