२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री भट्टद्वारा पीसीआर प्रयोगशाला उद्घाटन

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलवार एक कार्यक्रमकाबीच जिल्ला अस्पताल डोटीमा स्थापना गरिएको पीसीआर परीक्षण प्रयोगशालाको उद्घाटन गरेका छन् ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा स्थापना गरिएको पीसीआर प्रयोगशालाको मुख्यमन्त्री भट्टले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले कोभिड १९ महामारीको समयमा जनताको सेवालाई मध्यनजर गर्दै प्रदेश सरकारले डोटीमा पनि पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको र नीतिगत प्रक्रियासँगै स्थापना गर्दा डोटी लगायत बाजुरा र अछाम जिल्लाका जनतालाई सेवा उपभोगमा सहजता हुने बताए ।

उनले देश नै लकडाउन र कोरोनाको जोखिमका कारण मानिसलाई खाद्यान्न उत्पादन गर्नुपर्ने, उपचार गर्नुपर्ने तथा अप्ठ्यारोमा आफ्नै देश फर्किनुपर्ने स्वदेशमै केही गरेर जीवन बिताउनुपर्छ भन्ने जस्ता सिकाई भएको समेत मुख्यमन्त्री भट्टले बताए । सुदूरपश्चिम प्रदेश सरकारले युवा स्वरोजगार, कृर्षि, पशुपालनलाई क्षेत्रलाई अगाडि बढाउन विशेष योजनाका साथ जाने समेत मुख्यमन्त्री भट्टले बताए ।

एक पटकमा ९६ वटा नमुना स्वाब परीक्षण गर्न सकिने र जनशक्तिका आधारमा एक दिनमा ८ सयदेखि १२ सय सम्म स्वाब परीक्षण गर्न सकिने क्षमता रहेको जनाइएको छ । डोटीमा पनि पीसीआर मेसिन जडान भई कोरोना परीक्षण सेवा सञ्चालन भएमा डोटीसँगै अछाम र बाजुरा जिल्लाका नमुना स्वाब परीक्षण गर्न सहज हुने छ ।

प्रयोगशाला स्थापना गर्दासम्म झन्डै डेढ करोड बजेटको लागतमा पिसिआर मेशिन जडान गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा.गुणराज अवस्थीले जानकारी दिए । कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै जिल्ला अस्पताल डोटीका डाक्टर प्रमोद भट्टले अस्पतालले दिँदै आएका सेवा सुविधाका बारेमा जानकारी गराएका थिए ।