१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायिक समिति र मेलमिलाप कर्तालाई प्रशिक्षण गर्दै ठुली भेरी नगरपालिका

अ+ अ-

डोल्पा । न्यायिक समिति र मेलमिलापकर्तालाई नगरपालिकाले प्रशिक्षण थालेको छ । डोल्पाको ठुली भेरी नगरपालिकाले आफ्ना स्थानीयतहका मेलमिलापकर्ता र न्यायिक समितिका पदाधिकारीहरुलाई न्याय तथा मेलमिलाप सम्बन्धी कानुनी प्रशिक्षण दिन लागेको हो ।

पछिल्ला समयमा गाउँ स्तरमा विभिन्न खाले घटनाहरू घट्ने तर सङ्घीयता पछि स्थानीयतहमा नै मेलमिलाप र न्यायिक समितिले न्याय दिने बेलामा अझैपनि जिल्ला प्रशासन,प्रहरी र अदालतमा पुग्नुपर्ने बाध्यता रहेकोले स्थानीयतहका न्यायिक समिति र मेलमिलापकर्तालाई सक्रिय बनाउन प्रशिक्षणको थालनी गरेको ठुलीभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रानाले जानकारी दिए ।

हामी विभिन्न कारण केही न्यायका क्षेत्रमा पछि परेको हौ अब न्यायको लागि नागरिकले सदरमुकाममै धाउन पर्दैन नगर प्रमुख गणेशबहादुर शाहीले आश्वासन दिए । नगर तथा गाउँपालिकाको उपलाई न्यायको जिम्मेवारी तोकी सकेको अवस्थामा नागरिकलाई न्याय दिलाउनेमा अब कुनै पनि हालतबाट न्यायिक समितिले गर्ने नगर उपप्रमुख योगेन्द्रबहादुर शाहीले प्रतिबद्धता जनाए ।

न्यायिक समिति र मेलमिलापकर्ताहरूलाई जिम्मेवार बनाउन पहिलो पटक प्रशिक्षण गराउन लागेको नगरपालिकाले निकै राम्रो काम गरी रहेको र अझै पनि न्यायका बारेमा कानुनी व्यवस्था बारे अन्योल रहेकोले यो प्रशिक्षणबाट न्यायिक समिति प्रष्ट हुनेमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले विश्वास व्यक्त गरे ।

न्याय तथा मेलमिलाप सम्बन्धी प्रशिक्षण पश्चात् हरेक वडा तथा बस्तिस्तरमा हुने साना देखी ठुला घटनाको कानुन सङ्गत रूपमा मिल्ने मेलमिलाप तथा न्याय दिलाउने काम स्थानीय सरकारले गर्ने विश्वास धेरैको रहेको छ ।