२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिँहदरवारको सर्भर : हाकिम भन्छन् -सूनील जीलाई सोध्नुस्, सूनील जी म्यासेज गर्छन् –कल यू ब्याक !

अ+ अ-

काठमाडौँ । दिन बिराएर सर्भर डाउन हुन्छ । प्रत्येक दिन एउटा न एउटा समस्या आइरहन्छ । एकपछि अर्को गर्दै बारम्बार समस्या दोहोरिई रहने भए पनि यसतर्फ कसैको ध्यान जान सकेको छैन । मुलुकको मुख्य प्रशासनिक अड्डामै भइरहेको यस खाले समस्याको मुख्य जड हो राष्ट्रिय सूचना प्रविधि केन्द्रले जडान गरेका कमसल उपकरण ।

आइतबार पनि बिहानै देखि साइटमा समस्या आयो । काम गर्नै समस्या भएपछि एक मन्त्रालयका पदाधिकारीले हामीलाई जानकारी गराए । यसबारे बुझ्न हामीले केन्द्रका कार्यकारी निर्देशक सुनील पौडेलसँग कुरा गरेका थियौँ । उनले समस्या आएको स्वीकारे । स्टोरेजमा समस्या आएको छ उनले भने बन्न त बनिसक्यो तर डेटा रिकोभरी गर्न टायम लाग्छ ।

के कारणले ठ्याक्कै के समस्या रहेछ भन्ने अर्को प्रश्नको भने उनले जवाफ दिन सकेनन् र भने टेक्निकल विषयमा एक पटक रमेश जीसँग सोध्नु पर्ला सर ।

यसपछि हामीले केन्द्रका सूचना अधिकारी रमेश प्रसाद पोखरेललाई फोन गरेका थियौँ । समस्याबारे जानकारी गराएपछि उनले हेलो हेला भन्दै फोन राखे । त्यसपछि फोन गर्दा र म्यासेज पठाए आईवील कल यू ब्याक तर यो समाचार तयार पारुन्जेलसम्म पनि उनले कल गरेका छैनन् ।

गृह मन्त्रालयको प्रांगणमा रहेको यो केन्द्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत पर्छ । विगत वर्षदेखि नै केन्द्रमा बजेट अनुसारको काम नगरी कमसल उपकरणहरू जडान गरी बजेट खल्तीमा हाल्दै आएको गुनासो छ । त्यति मात्रै होइन, कतिपय उपकरण नै खरिद गरिएका छैनन् तर कागजमा छन् ।

सम्बन्धित समाचार : सरकारी सर्भर डाउन : कमिसनको खेलमा कमसल सामानको कमाल !
सम्बन्धित समाचार : सिँहदरवारको सर्भर बारम्बार डाउन
सम्बन्धित समाचार : अर्थको वेबसाइट चल्दैन

केन्द्रका कामकारबाहीमा यसअघिका निर्देशकसहित केही उच्च पदस्थहरूको सेटिङ रहेको मन्त्रालय उच्च स्रोत जानकारी दिएको छ ।