७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माल्दिभ्सका पूर्व उपराष्ट्रपतिलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गर्दै २० बर्ष जेल सजाय

अ+ अ-

माले । माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको अदालतका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन् ।

सन् २०१५ मा माल्दिभ्सका शक्तिशाली पूर्व राष्ट्रपतिलाई बम प्रहार गरी हत्या गर्न खोजेको आरोपमा जेल चलान नगर्दासम्म अदीब पूर्व राष्ट्रपति अब्दुल्ला यमीनको घनिष्ठ सहयोगी मानिन्थे ।

फौजदारी अदालतले सत्तामा रहेका समय राज्यको पर्यटन प्रवर्द्धकहरूबाट घुस स्वीकार गरेको आरोपमा एक लाख २९ हजार अमेरिकी डलर जरिवानासहित जेल सजाय सुनाएको हो । उनीमाथि रिसोर्ट निर्माण तथा विकासका लागि टापु भाडामा दिने र पर्यटन कम्पनीहरूबाट कमिसन ९व्यवसायिक रकम० प्राप्त गर्न राज्यलाई दुई करोड ६० लाख डलरको घाटा हुनेगरी निर्णय गरेको अभियोग लागेको थियो ।

अदीब उपराष्ट्रपति रहेका समय राष्ट्रपति रहेका यमीनलाई सन् २०१३ देखि २०१८ सम्मको उनको कार्यकालमा कालो धन जम्मा गरेको आरोपमा दोषी ठहर भएपछि गत वर्षको नोभेम्बरदेखि नै पाँच वर्ष जेल सजाय सुनाइएको थियो । यमीन अहिले जेलमा छन् ।

‘अदीबले अनुसन्धानमा राज्यलाई सहयोग गर्दै अदालती अनुसन्धानमा सहयोग गरेको थियो तर अदालती सुनुवाईका क्रममा लेनदेनको आधारमा मुद्दालाई आफ्नो हितमा पार्न खोजेको आरोप अदालतका एक अधिकारीले लगाए ।’ अदीबलाई सुनाइएको २० वर्षको सजाय उनले गरेको अपराधको लागि न्यून सजाय भएको ती अधिकारीले बताए ।

अदीबलाई फौजदारी अदालतले निर्दोष ठहर गरेको थियो तर सरकारी अभियोजनकर्ताहरूले उक्त मुद्दामाथि उच्च अदालतमा पुनरावेदन गरेपछि यसमाथि थप अनुसन्धान तथा सुनुवाई भएको थियो ।

पूर्व पर्यटनमन्त्री रहेका अदीवलाई यमीनले उप राष्ट्रपति नियुक्त गरेका थिए । तर दुबै जना निर्वाचनपछि सत्ताबाट बाहिरिनु परेको थियो ।

सन् २०१५को सेप्टेम्बरमा राष्ट्रपतिको डुङ्गामा भएको विस्फोटपछि यमीनको हत्या गर्ने प्रयास गरेको आरोपमा अदीबलाई १५ बर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, सन् २०१८ को पुनः निर्वाचनमा अभियानमा यमीनको पराजयपछि अदीबमाथि लागेको हत्या प्रयासको आरोप हटाइएको थियो ।

गत वर्ष अगस्टमा भ्रष्टाचार आरोप लागेका अदीबले अवैध रूपमा देश छोडी छिमेकी मुलुक भारतमा शरण लिन चाहेका अदीबलाई भारतले शरण नदिने बताएपछि उनीमाथि लागेको आरोपमाथिको सुनुवाईका लागि उनीलाई माल्दिभ्सतर्फ नै फर्काइएको थियोे ।

यमीनले आफ्नो पाँच बर्षे कार्यकालमा सबै राजनीतिक प्रतिद्वन्द्वीहरूलाई कि त जेलमा थुनेर राखेको थियो कि उनीहरू निर्वासन बस्न बाध्य पारिएका थिए ।

प्रतिक्रिया दिनुहोस