२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आकाशै खसेको त कहाँ छ र ?

अ+ अ-

तिम्रै सल्लाहमा
तिमीहरूकै खुसीको लागि त हो
परदेशिएको म
मलाई मात्र कहाँ रहर थियो र ?
विदेशी भूमिमा
हाड घोट्न
रगत, पसिना बगाउन
अनि
प्रेममय पारिवारिक
सानो सुन्दर संसार छोडेर
मुग्लानिया हुन ।

तर
तिमीलाई एक्कासि के भो ?
बिहान सखारै
ती चिचिला
अबोध नानीबाबुलाई
विस्तरामै छोडेर हिँड्यौ
उठेर ती बिचराहरूले
आमा भन्दै बोलाउँदा
चारैतिर खोज्दा पनि
तिमीलाई
न भेटेपछि
कसरी भक्कानिए होलान्
तिमी कल्पना गर्न सक्छ्यौ ?
मेरो त अहिले पनि
आँसु टप्कन्छ ।

तिम्रो
म प्रतिको प्रेम
डगमगाएको रहेछ
बिस्तारै उसको प्रेममा
फस्दै गएकी रहेछ्यौ
मलाई के थाहा ?
मेरो त तिमी प्रतिको मायामा
कहिल्यै कमी थिएन
जति टाढा भएँ
माया त झन्
गाढा हुँदै थियो ।

हराए पनि मेरो माया
आफ्नै रगतबाट सृजित
सृष्टिका ती अनुपम उपहार
कसरी छोड्न सक्यौ ?

कमसेकम
म नआउन्जेल
सम्हालेर राखेको भए त हुने
एक आखर
जानकारी सम्म दिएको भए
सहमतिमै छोड्ने थिएँ म
हो, सहमतिमै
किनकि
प्रेम बलजफ्ति त हुँदैन
तिमी उसै प्रति आशक्ति भए
म कहाँ रोक्थेँ र तिम्रो पाइला ?

ठिकै छ गयौ
अर्कैको भयौ
म त सम्हालिन्छु
तर
यी अबोध शिशुहरू
न हुर्कुन्जेल
कहिलेकाहीँ त
आऊ है ,
यिनीहरूको न्यास्रो मेटाउन
म तिमीलाई स्वागतै गर्ने छु ।

अब यसपालि
दसैँ आइ नै सक्यो
दसैँको दिन
नानीबाबु पठाउने छु
माया गरी टीका लगाइदेऊ
र आफ्नै रक्ताम्श सम्झेर
मातृत्वको स्नेहले सुमसुम्याउँदै
सुखपूर्वक जिउने
आशीर्वाद दिई पटाऊ है ।

दोष न तिम्रो छ
दोष न मेरो
नियतिको परिणाम
स्विकार्नै पर्छ
आकाशै खसेको त कहाँ छ र ?
धर्ती भासिएको पनि कहाँ हो र ?
खालि माया फाटेको न हो
आनन्दले तिमी बाँच
यही म कामना गर्छु
सम्हालिएर बाँच्ने
म पनि कोशिश गर्छु ।
जो हुनु भै गयो
हाँसेरै बाँच्ने गर्छु ।।

—अस्तु—