२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दिवास अस्पतालमा एक हजारबढी पिसीआर परीक्षण

अ+ अ-

महोत्तरी । महोत्तरीको बर्दिवास अस्पतालले एकहजारभन्दा बढीको पिसीआर परीक्षण गरेको छ ।

गत भदौ १२ गतेदेखि पिसीआर परीक्षण सेवा शुरु गरिएको अस्पतालले असोज मसान्तसम्ममा एक हजार ४५ जनाको पिसीआर परीक्षण गरिएको जनाएको हो ।

अस्पतालले भदौ महिनामा गरिएको ३८६ जनाको पिसीआर परीक्षणमा २५ महिला र २२ पुरुष गरी कूल ४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पलालका सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक रामबाबु यादवले जानकारी दिए ।

यसैगरी गत असोजमा गरिएको ६५९ जनाको पिसीआर परीक्षणमा ९२ पुरुष र ५२ महिला गरी कूल १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

गत असार २६ गते उद्घाटन भएको नवनिर्मित बर्दिवास अस्पताल भवनमा बर्दिवास नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिँदै जाँदा परीक्षण ब्यापक बनाउने उद्देश्यले आवश्यक उपकरण र दक्ष जनशक्ति व्यवस्थापन गरी पिसिआर परीक्षण शुरु गराएको हो ।

नगरपालिकाले करिब रु एक करोड २५ लाख खर्च गरेर पिसीआर मेसिन र आवश्यक उपकरण अस्पताललाई उपलब्ध गराएको बताइएको छ । सेवालाई थप विस्तार गर्दै छिमेकका स्थानीय तहका बासिन्दाको समेत परीक्षण गर्न सम्बन्धित स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग आवश्यक सहयोगका लागि समन्वय भइरहेको नगरप्रमुख बिदुरकुमार कार्कीले बताए ।

अस्पतालले स्वाब सङ्कलन गरिएको १० घण्टा भित्रनै नतिजा(रिपोर्ट) दिँदै आएको छ । यो व्यवस्थाले यसअघि १०/१२ दिनसम्म रिपोर्टका लागि कुर्नुपर्ने अवस्था हटेको सेवाग्राहीले बताएका छन् । करिब एक लाख २० हजार जनसङ्ख्या रहेको आफ्नो नगरक्षेत्रमा स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच बढाउँदै लाने सङ्कल्पमा यो प्रयत्न महत्वपूर्ण भएको नगरप्रमुख कार्कीको भनाइ छ ।

बर्दिवास अस्पतालमा जडान गरिएको पिसीआर मेसिन र उपलब्ध उपकरणबाट दैनिक ९०० नमूनाको परीक्षण हुन सक्ने विज्ञको भनाइ छ । यहाँ जडित उपकरणबाट प्र्रत्येक दुई घण्टामा ९६ जनाको पिसीआर परीक्षण गर्न सक्ने अस्पतालले स्पष्ट पारेको छ ।

नेपाल सरकारको रु पाँच करोड ३५ लाख ३६ हजार १७६ को लागतमा नवनिर्मित बर्दिवास अस्पताल भवनमा अत्याधुनिक सेवासहितको तीन तले भवनमा ८६ कोठा छन् । अस्पतालमा कोभिड-१९ रोकथाम अभियानसँग सम्बन्धित ५० शय्याको आइसोलेसन कक्ष छ । भौतिक साधन स्रोत जुट्दै गए बर्दिवास अस्पताललाई सेवाको क्षेत्रमा अनुकरणीय बनाउने आफ्नो सपना रहेको नगरप्रमुख कार्कीले बताए ।