१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफविरुद्ध फेरि अर्को मुद्दा

अ+ अ-

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा फेरि अर्को मुद्दा दर्ता गरिने भएको छ ।

भ्रष्टाचार विरुद्धको अनुसन्धान गर्ने सरकारी निकायले उनका विरुद्धमा भ्रष्टाचार सम्बन्धी फेरि अर्को मुद्दा दर्ता गर्ने तयारी गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री इमरान खानले भ्रष्टाचार सम्बन्धी अरु घटना सार्वजनिक हुन लागेको अभिव्यक्ति दिएको केही दिनपछि यस्तो समाचार आएको हो ।

पूर्व प्रधानमन्त्री ७० बर्षीय नवाज सरिफ पाकिस्तान मुस्लीम लिग (नवाज)को तर्फबाट प्रधानमन्त्री भएकै बेला यसअघि सन् २०१७ बाट सर्वोच्च अदालतको आदेशमा अपदस्त भएका हुन् ।

अदालतले उनले ठूलो अनियमितता गरेको ठहर गर्दै उनलाई पदमा बसिरहन नमिल्ने ठहर गरेपछि अपदस्त गरिएको थियो । त्यसदेखि नियन्त्रणमा रहेका नवाज गम्भीर अवस्थामा अस्वस्थ भएकाले केही महिना अगाडि उपचारका लागि बेलायतको राजधानी लण्डनमा रहेका छन् । यसअघि उनकी श्रीमतीको पनि उपचारकै क्रममा बेलायतमै निधन भएको थियो ।

राष्ट्रिय उत्तरदायी विभागले नवाजसँगै उनका पूर्व निजी सचिव फवाद हसन फवाद, पूर्व संघीय मन्त्री अशन इक्बाल, पूर्व विदेश सचिव एजाज चौधरी र पूर्व गुप्तचर विभाग प्रमुख अफ्ताब सुल्तान विरुद्ध पनि मुद्दा चलाउन लागिएको डन पत्रिकाले लेखेको छ ।

सेवा निवृत्त न्यायाधीश जाभेद इक्बालको अध्यक्षतामा बसेको विभागको बिहीबारको बोर्ड बैठकले ११ जना विरुद्ध मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो ।

उनीहरुमाथि विदेशी अतिथिको सवारीमा प्रयोग गर्ने गरी खरिद गरिएका ७३ ओटा सवारी साधन खरिदमा अनियमितता गरेको आरोप छ । तर ती सवारी साधन व्यक्तिगत प्रयोगमा लगाएका र करिब १९ करोड ५२ लाख पाकिस्तानी रुपैयाँ अनियमितता गरेको बोर्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस