२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने

अ+ अ-

काठमाडौँ । जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन तथा स्थान छनोट गर्न विश्व विद्यालय अनुदान आयोग(युजिसी) पूर्व प्रमुख प्रा डा त्रिरत्न बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । बज्राचार्य नेतृत्वको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मन्जु मलासीलगायत सरोकारवालासँग भर्चुअल मिटिङसमेत गरिसकेको छ ।

तत्कालीन शिक्षामन्त्री धनीराम पौड्यालले डोटी, बर्दिवास, चितवन र दाङमा इन्जिनीयरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न विश्व विद्यालय अनुदान आयोगलाई बजेट बिनियोजन गराएका थिए । सोहीअनुरूप अहिले डोटीमा पनि प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना गरिन लागेको डोटी क्याम्पसका सहप्राध्यापक हर्कबहादुर कलेलले जानकारी दिए ।

इन्जिनीयरिङ कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन टोलीका संयोजक हरि रोक्का नेतृत्वको टोलीले डोटी क्याम्पस र सेती प्राविधिक शिक्षालय दिपायलमा इन्जिनीयरिङ कलेज स्थापना गर्न सकिने सुझाव दिएको छ । दोस्रो चरणको सम्भाव्यता अध्ययन गर्नका लागि विश्व विद्यालय अनुदान आयोगका सदस्य डा. विकास अधिकारीको नेतृत्वको टोलीले डोटी क्याम्पस र सेती प्राविधिक शिक्षालयमा भएका पूर्वाधार प्रयोग गर्न सकिए पनि उक्त शैक्षिक संस्थामा इन्जिनीयरिङ कलेज सञ्चालनका लागि नीतिगत समस्या रहेका कारण नसकिने सुझाव दिएको छ ।

इन्जिनीयरिङ कलेजका लागि पूर्वाधारको अवस्थाका बारेमा अध्ययन गर्नका लागि विश्व विद्यालय अनुदान आयोगका पूर्व प्रमुख प्रा डा बज्राचार्य नेतृत्वको टोली फेरी डोटी आउने तयारी रहेको बताइएको छ । इन्जिनीयरिङ कलेज निर्माणका लागि एशियाली विकास बैंक, विश्व बैंक र अष्ट्रेलियन एडको सहयोग रहेको बताइएको छ ।