२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० करोडमा डुडुवा गाउँपालिकाको भवन बन्दै

अ+ अ-

राँझा । बाँकेको डुडुवा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । गाउँपालिका केन्द्र रहेको वडा नं. ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा रु. १० करोड २२ लाख १६ हजारको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण भईरहेको छ ।

चार तल्ले भवनमा चार सय जना क्षमता भएको बहुउद्देश्यीय सभाहल, सानो सभाकक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, ठूला तथा साना सवारीका लागि पार्किङ्ग, खेल मैदान, सेवाग्राहीका लागि प्रतिक्षालय र लिफ्टसहितको भवन निर्माण भईरहेको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।

उनका अनुसार, भवन निमार्णको ठेक्का सम्झौता भएको तीन महिनाको अवधिमा २५ प्रतिशत निर्माण कार्य पूरा भएको छ । कोरोना महामारी सङ्क्रमण र नदीजन्य पदार्थको ढुवानी बन्द भएर निर्माण सामग्री अभावका बेला पनि निर्माण कार्य चलिरहेको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आफ्नै अत्याधुनिक भवनबाट कार्यालयको कामकाज तथा सेवा प्रवाहमा निकै सहयोग तथा गुणस्तरीयता बढने विश्वास व्यक्त गरे ।

भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनी रोयल कन्सट्रक्सनका प्रोजेक्ट इन्जिनियर दिनेशबहादुर शाहीले अहिलेको प्रगति अनुसार सम्झौताको छ महीना अगावै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्न सकिने जानकारी दिए ।

दुई वर्षभित्र भवन बनाउने गरी रोयल कन्सट्रक्सन कैलालीले भवन निमार्णको ठेक्का सम्झौता गरेको हो । भवन निर्माणका लागि सङ्घीय सरकार र जिल्ला समन्वय समिति बाँकेको अनुदान र बाँकी रकम गाउँपालिकाले व्यहोर्ने छ । गाउँपालिकाले अहिले वडा नंं ४ स्थित भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाबाहेक अन्य छ गाउँपालिकाले अहिलेसम्म पनि अस्थायी भवनबाट कार्यालय सञ्चालन गरी जनतालाई सेवा प्रवाह गर्दै आएका छन् ।