२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैनिक ७० प्रतिशत दूध खपत

अ+ अ-

काठमाडौं । बन्दाबन्दी खुलेपनि होटल र विद्यालयहरु बन्द हुँदा दैनिक ७० प्रतिशतसम्म मात्र दूध तथा दुग्धजन्य वस्तुको खपत भएको छ ।

बन्दाबन्दी खुल्ला भएर विस्तार सहज भए पनि अझैँ ३० प्रतिशत खपतमा कमी आएको डेरी सञ्चालकहरु बताउँछन् ।

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण दैनिक रु दश करोडसम्म नोक्सानी भएको नेपाल डेरी एसोसिएसनले जनाएको छ । एसोसिएसनका महासचिव प्रल्हाद दाहालका अनुसार बन्दाबन्दी खुलेर विस्तार बजारमा चहलपहल हुँदा खपतमा वृद्धि भएको छ ।

उनका अनुसार अझैँ दूध र दुग्धजन्य वस्तुको खपत बढी हुने शहर बजार क्षेत्रमा बस्दै आएका अधिकांश नागरिकहरु गाउँमा नै रहदा खपतमा कमी आएको छ । दशैँ तथा तिहारको समय खपतमा कमी नै आउने समय भएको भन्दै गत वर्ष सोही अवधिमा ८० प्रतिशतसम्म खपत हुने गरेकोमा धेरै नोक्सानी भएको उनी बताछन् ।

उनका अनुसार बन्दाबन्दीको समयमा दूधको खपत कम हुँदा स्कट रहेका सामग्रीहरु विस्तारै खपत भएको छ । रु पाँच अर्ब बढीको स्टक सामग्री हुँदा स्टोर क्षमता समेत नभएको अवस्थामा हाल रु एक अर्ब बराबरको सामग्री रहेको छ ।

बन्दाबन्दीपछि दैनिक संकलन हुँदै आएको दुधमा समेत कमी आएको छ । दैनिक ३० प्रतिशत दुध संकलनमा कमी आएको छ । उनका अनुसार बन्दाबन्दी अघि दैनिक ३१ हजार लिटर दुध संकलन हुँदै आएको थियो ।

यसैबीच, बन्दाबन्दीका समयमा दैनिक रु दश करोडसम्म नोक्सानी व्यहोरेका डेरी सञ्चालकले कर्जा सुविधा पाएपछि सहज भएको बताएका छन् । दुग्धको खपतमा कमी हुँदा किसकलाई भुक्तानी, कर्मचारीलाई तलब तथा घरभाडा भुक्तानीमा समस्या व्यहोरेका व्यवसायीलाई विभिन्न बैंक तथा वित्तीय संस्थाले कर्जा (ऋण) उपलब्ध गराएपछि सहज भएको बताएका छन् ।

महासचिव दाहाल नेपाल राष्ट्र बैंकले तोके अनुसारको ५ प्रतिशत छुटमा रु पाँच करोडसम्म कर्जा पाउँदा धेरै राहत भएको बताउछन् । ‘बन्दाबन्दीले हामीहरु व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेका थियौँ, अन्य क्षेत्रमा कर्जा पाउन समस्या भएतापनि डेरी उद्योगीहरुलाई बैंकले खोजी खोजी कर्जा उपलब्ध गराउँदा धेरै सहज भएको’, उनले भने ।

बैंकबाट कर्जा पाएपछि ४ देखि ५ महिनादेखि रोकिएको कृषकलाई दिनुपर्ने भुक्तानी रकम चुक्ता गरिएको डेरी सञ्चालकहरु बताउँछन् ।

डेरी एशोसिएशनको तथ्यांक अनुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुदै आएको छ भने कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेका छन् ।