९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पका मुख्य सहयोगी मेडोजलाइ पनि कोरोना सङ्क्रमण

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सूचीमा मेडोजको नाम पनि रहेको र उनी निकट श्रोतहरुले पनि उनी सङ्क्रमित भएको जनाएका छन् ।

उनीसहित अरु पनि धेरै उच्च सरकारी अधिकारीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएको शुक्रबार पुष्टि गरिएको छ । अमेरिकामा कोरोना भाइरसका कारण २ लाख ३६ हजारभन्दा बढीको मृत्यु भइसकेको सरकारी तथ्याङ्क छ ।

कोरोना भाइरसका कारण मृत्यु भएका र सङ्क्रमित भएकाहरुको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ । राष्ट्रपति पदका लागि अहिले उम्मेदवार समेत रहेका ट्रम्पका मुख्य सहयोगी नै सङ्क्रमित भएपनि पूर्ण विवरण भने दिइएको छैन ।

मुख्य सहयोगी मेडोज मतदानको दिन ट्रम्पसँगै विभिन्न ठाउँमा गएका थिए । त्यति बेला उनले मास्क समेत प्रयोग गरेका थिएनन् । त्यसैले उनीबाट धेरै जना प्रभावित भएको हुनसक्ने अनुमान गरिएको छ ।

उनी मतगणना स्थलहरुमा पनि मास्क विना जाने गरेकाले उनले धेरैलाई सारेको हुन सक्ने अधिकारी तथा चिकित्सकहरुले बताएका छन् । यसअघि राष्ट्रपति ट्रम्प सङ्क्रमित हुँदा पनि उनलाई सवैभन्दा बढी सहयोग गर्नेमा मेडोज नै रहेका थिए । ट्रम्पले कोरोना भाइरसलाई सामान्यीकरण गर्दै आएका छन् ।

अमेरिकामा पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित हुने गरेका छन् । अहिलेसम्म ९७ लाखभन्दा बढी भन्दा बढी सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस