२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ पाठ्यक्रम कार्यान्वयनको अन्योल चिर्न आग्रह

अ+ अ-

काठमाडौँ । यसै शैक्षिक सत्रबाट अनिवार्य विषयका रुपमा लागू गरिएको ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’बारे उत्पन्न अन्योल चिरेर कार्यान्वयनका लागि शिक्षकलाई अभिमुखीकरण गराउन शिक्षाविज्ञले सुझाव दिएका छन् ।

‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ अन्तर्गत एकल पथीयरूपमा कक्षा ११ र १२ मा समावेश गरिएको सो नयाँ विषयको सान्दर्भिकता र कार्यान्वयनको अन्योलबारे आज शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ केन्द्रले आयोजना गरेको भर्चुअल बहसमा विज्ञहरुले सो सुझाव दिएका हुन् ।

तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य शिक्षाविज्ञ विमलकुमार फुयाँलले सो विषयलाई सबै तह र विषयमा अन्तरसम्बन्धित बनाएर लान आवश्यक रहेको जनाउँदै मान्छेले जुनसुकै पेशा वा व्यवसाय अपनाएर पनि उसलाई विश्वस्तरको असल नागरिक बनाउन यस विषयले उत्पे्रेरकको भूमिका खेल्ने बताए । जनमुखी शिक्षाका वकालतकर्ता फुयाँलले चाँडै हट्ने र पाठ्यक्रम विकास केन्द्रले शिक्षकलाई विषयगत अभिमुखीकरणमा ढिलाइ गर्न नहुने धारणा राखे ।

सो तहमा गणितलाई अनिवार्यमा नराखिएको र पाठ्यक्रम तर्जुमाको अधिकार स्थानीय तहको भएको दाबी गर्दै नयाँ प्रारुप कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरी सर्वोच्च अदालतमा परेको रिट निवेदनमा यही कात्तिक २० गतेको आदेशले हाललाई कार्यान्वयन नगर्न आदेश भई यही कात्तिक २६ गते पेशी तोकिएको छ । निजी उच्च विद्यालयहरुको संस्था (हिसान) ले पनि तयारी अपुग भएकाले यसवर्ष नयाँ पाठ्यक्रम लागू नगर्न दबाब दिँदै आएको छ ।

शिक्षा अधिकारकर्मी बिके श्रेष्ठले पश्चिमा मुलुकमा तीन दशकदेखि नै व्यक्तिको सीप विकासका लागि यस्ता विषय शिक्षामा प्रयोग गराइएको देखिएको जनाउँदै अन्तर्राष्ट्रिय अभिसन्धि र सम्मेलनले पनि जीवनोपयोगी शिक्षालाई समावेश गर्न जोड दिँदै आएको अवस्थामा नेपालमा ढिलै भए पनि नीतिगतरूपमा यो विषय समावेश हुनु सकारात्मक भएको बताए ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक रेनुका पाण्डेले सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षालाई एकीकृत गरी विद्यार्थीलाई असल र सक्षम नागरिक बनाउने लक्ष्य लिइएकाले यसको कार्यान्वयन हुने स्पष्ट गर्दै तिहारपछि शिक्षकहरुको अभिमुखीकरण हुने जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वसहसचिव डिल्लीराम रिमालले पाठ्यक्रम विकास केन्द्रले समयमै नमूना शिक्षण र तालिम नदिँदा केही अन्योल देखिए पनि यस विषयको सन्दर्भिकता रहेको धारणा राखे ।

पाठ्यपुस्तक लेखक गोविन्द भण्डारीले अभिमुखीकरण नभए पनि शिक्षकहरुमा आत्मविश्वास भएमा नयाँ विषयका रुपमा यसलाई पढाउन सक्ने बताए । काभ्रेको सर्वमङ्गल माविका शिक्षक मीरा न्यौपाने र काठमाडौँको काञ्जिरोवा विद्यालयका शिक्षक सरिता खड्काले आफूहरु नयाँ पाठ्यक्रम पढाउन तयार रहेको स्थितिमा विवाद उत्पन्न हुनुले विद्यार्थीमा अन्योल देखिएको जनाए ।