१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी राष्ट्रपति ट्रम्पले रक्षामन्त्रीलाई गरे पदबाट बर्खास्त

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट हटाएका छन् । ट्रम्पले सोमबार ट्वीटरमार्फत् एकजना उच्च अधिकारीलाई पदबाट ‘बर्खास्त’ गरिएको घोषणा गरेका हुन्।

अब न्याशनल काउन्टर टेररीजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ।

राष्ट्पतिको निर्वाचनका बेलादेखि ट्रम्प र एस्परबीच सार्वजनिक रूपमै फरक मत देखिन थालेको थियो।

नयाँ राष्ट्रपति बाइडनको आगामी ज्यानुअरी २० मा पदभार ग्रहण गर्ने छन् । त्यसअघिसम्म ट्रम्पले निर्णय गर्न पाउने छन्।

अमेरिकामा जो बाइडन राष्ट्रपति निर्वाचित भइसके पनि ट्रम्पले हार स्वीकार गरिसकेका छैनन् र उनले नतिजालाई अदालतमा चुनौती दिने वाचा गर्दै आएका छन्।

ट्रम्पले पछिल्लो घोषणा गरेको केही बेरमै क्रिस्टोफर मीलर पेन्टागनस्थित रक्षा मन्त्रालय प्रवेश गर्दै गरेको देखिएको थियो

गत जुन महिनामा पूर्व सैन्य अधिकारी समेत रहेका एस्परले सेनाको प्रयोग आवश्यक नरहेको बताएका थिए। उक्त टिप्पणीबाट ह्वाइट हाउस चिढिएको बताइएको छ। उक्त टकराबका कारण राष्ट्रपतिले रक्षामन्त्री हटाउने आङ्कलन गरिएको थियो।

तर सोमवार गरिएको घोषणामा के कारण एस्परलाई निष्कासित गरिएको हो भन्ने कुरा भने खुलाइएको छैन।

ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा कैयौँ अधिकारी र सल्लाहकारहरूलाई प्राय ट्विटरबाट सूचना सार्वजनिक गर्दै निष्कासित गरेका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस