२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिवको अध्यक्षतामा बर्डफ्लू रोग नियन्त्रण समन्वय समिति गठन

अ+ अ-

हेटौँडा । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव  डा. मतिना जोशी वैद्य जोशीको अध्यक्षतामा बर्डफ्लू रोग नियन्त्रण समन्वय समिति गठन गरिएको छ ।

सोमबार बसेको प्रदेश स्तरीय वर्ड फ्लु रोग नियन्त्रण कार्यशाला बैठकले सचिव डा. वैद्यको  अध्यक्षतामा १० सदस्यीय समिति गठन गरेको हो ।

वर्ड फ्लु रोग फैलिएमा समन्वय गर्न सहजीकरण होस् भन्ने हेतुले समन्वय समिति गठन गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेशले जनाएको छ ।

मन्त्रालयका सचिव डाक्टर मनिता जोशी वैद्य अध्यक्ष रहेको समितिमा मध्य पृतना हेड क्वाटर सुपारे टार ब्यारेकका पृतनापति, प्रदेश प्रहरी कार्यालय प्रमुख, सशस्त्र प्रहरी बल,नं ३ गढीमाई बाहिनीका वाहिनिपति, बन निर्देशनालयका निर्देशक, कृषि विकास निर्देशनालयका निर्देशक, स्वास्थ्य निर्देशनालयका निर्देशक, पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख, क्वारेनटाइन कार्यालय, काठमाडौँका प्रमुख र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक सदस्य रहेका छन् ।

कार्यक्रममा बोल्दै पशु सेवा विकास केन्द्र, ललितपुरका प्रमुख डा. नारायण श्रेष्ठले अहिलेसम्म पशु सेवा विभागले गठन गरेको टोलीले स्टाम्पीङ्ग आउट गर्दा मारेको कुखुराको मात्रै क्षतिपूर्ति दिँदा व्यावसायिक किसान ठुलो मारमा परेको बताए । वर्ड फ्लु रोग लागेर मरेको कुखुराको क्षतिपूर्ति दिनुपर्ने उनको भनाई छ ।

सुली व्यवस्थापन, सङ्क्रमित कुखुरा मार्न प्रयोग गरिने जनशक्ति तथा मेसिनरी औजार लगायतको खर्चको लागि बजेटको व्यवस्था हुनुपर्ने बताउँदै उनले डिजिज सर्भिलेन्स र महामारी नियन्त्रणको लागि बजेटको व्यवस्था हुनुपर्ने बताए ।

वर्ड फ्लु रोग नियन्त्रण गर्न आवश्यक पर्ने एन्टी भाइरल ड्रग टम्फ्लू उपलब्ध गराउन तथा एक स्वास्थ्य रणनीति अनुसार काम गर्न तथा आवश्यक समन्वय गर्न स्वास्थ्य निर्देशनालय तयार रहेको स्वास्थ्य निर्देशनालय, हेटौडाका निर्देशक डा. रमेश प्रसाद अधिकारीको भनाई थियो ।

वर्डफ्लू रोग जति सामान्य देखिए पनि यसले महामारीको रूपमा समाजमा आर्थिक तथा सामाजिक असर पुर्‍याउन सक्ने जोखिम रहेको र मानव स्वास्थ्यसँगसमेत सरोकार राख्ने भएकोले रोगको निगरानी साथै सचेतना एकदम जरुरी रहेको प्रदेश सचिव डा. मतिना जोशी वैद्यले बताइन् ।

वर्ड फ्लू न्यूनीकरण गर्न भेटनरी डाक्टरको मात्र नभई कुखुरा व्यवसायी, सेना, प्रहरी, गृह मन्त्रालयको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुने बताउँदै सचिव वैद्यले भनिन् ‘एकै थलोबाट विभिन्न क्षेत्रबाट उत्पन्न हुने रोगको नियमन र रोकथाम गर्दा प्रभावकारी हुने भएकोले पशु स्वास्थ्य, वनस्पति र वातावरणीय स्वास्थ्य तथा जनस्वास्थ्यलाई समावेश गरी नेपाल सरकारले ‘एक स्वास्थ्य रणनीति २०७६’ पारित गरिसकेको छ । हरेक रोगमा सचेत हुन जरुरी छ’

बैठकले वर्ड फ्लु रोग नियन्त्रण आदेश २०६४(चौथो संशोधन) को आवश्यक संशोधनको लागि पशु सेवा विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पठाउने निर्णयसमेत गरेको छ ।