८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी सरकारद्वारा स्वास्थ्य मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण

अ+ अ-

काठमाडौं । अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको एक समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई १ सय थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

भेन्टिलेटर हस्तान्तरण समारोहमा मन्त्री ढकालले एक सस थान भेन्टिलेटर हस्तान्तरणका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिए । उनले भने, ‘कोरोनाबाट सबैभन्दा प्रभावित भएको अमेरिकाले नै महामारीको लडाइँमा हामीलाई भेन्टिलेटर सहयोग गरेको छ । नेपालमा अहिले भइरहेको भेन्टिलेटरको १० प्रतिशतले हुन आउने भेन्टिलेटर एकै पटक दिएको छ यसका लागि नेपाल सकारको तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।’

मन्त्री ढकालले विगतमा पनि अमेरिकाले नेपालमा महत्त्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै महामारीको समयमा आएको महत्त्वपूर्ण सहयोग शुक्रबारबाटै वितरण गरेर प्रयोगमा ल्याउने बताए। उनले सात प्रदेशका सामाजिक विकास मन्त्रालयहरूका लागि सात सात वटा र बाँकी रहेका ५१ वटा भेन्टिलेटर सरकारी अस्पतालमा दुई/दुईवटाको दरले वितरण गरिएको जानकारी दिए ।

मन्त्री ढकालले कोरोना विरुद्धको लडाइँमा अमेरिकाको अनुभव नेपालका लागि पनि महत्त्वपूर्ण हुने भन्दै उनले कोभिड १९ को खोप अमेरिकाका जनता र नेपाली जनताले सँगसँगै पाउने अपेक्षा गरे। उनले कोरोना परीक्षणमा सहयोगी जिन एक्सपर्ट विगतमा पनि ७ हजार सहयोग गरेको स्मरण गर्दै फेरि पनि त्यस्तो सहयोग हुने अपेक्षा गरे । मन्त्री ढकालले कोरोना समूदायस्तरमा फैलिसकेको अवस्थामा आरटी पिसिआर जस्तै विश्वसनीय जीन एक्सपर्टको प्रयोगले सजिलै कोरोना पहिचान गरी नियन्त्रणमा सहयोग पुर्‍याउने बताए ।

सो समारोहमा अमेरिकी राजदूत बेरीले असल र खराब दुवै समयमा अमेरिका नेपालको साथमा रहेको बताए। उनले भने ‘ असल र खराब दुवै समयमा अमेरिका नेपालसँगको साझेदारीप्रति प्रतिवद्ध छ । यी भेन्टिलेटर मार्फत हामी नेपाली परिवारहरूलाई सघाउन चाहन्छौँ जसले गर्दा कोभिड १९ बाट अति प्रभावित आफ्ना प्रियजनलाई मद्दत गर्नका लागि उनीहरू तयार रहन सकुन् ।’ उनले नेपाल सरकारसँग समन्वय गर्दै जीवन रक्षा सहयोगका लागि समग्र अमेरिका विधि उपलब्ध गराउने कार्यमा संयुक्त राज्य अमेरिका प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस