२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘यात्री’ कविताको रचनास्थल चित्लाङ

अ+ अ-

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको उत्कृष्ट रचनामध्ये एक हो ‘यात्री’ कविता । फूलप्रसाद लिएर मन्दिर दर्शन गर्न हिँडेका यात्रीको परिवेशलाई सो कवितामा मूल विषयवस्तु बनाइएको छ । आफू पनि यात्राकै क्रममा रहनुभएका महाकविले ‘यात्री’ कविता रचना गर्नुभएको मकवानपुरको चित्लाङमा यसका बारेमा व्यापक चर्चा हुने गरेको छ ।

वरिष्ठ पत्रकार भैरब रिसालले महाकवि देवकोटा तत्कालीन रोयल नेपाल एकेडेमीको एकेडेमिसियन हुँदा आफू केही समय देवकोटाको सहयात्री भएको र त्यसक्रममा देवकोटासँग चित्लाङको बाटो हिँडेको स्मरण सुनाउँछन् । “हाम्रो सम्बन्ध उत्तमखालको थियो, म देवकोटासँग चित्लाङको बाटो हिँडको छु, त्यतिबेला बाइरोड खुलेको थिएन ।” उनी भन्छन्, “हामी चन्द्रागिरिको फेदीमा रहेको चित्लाङमा पलेटी कसेर खाना खान्थ्यौं, ‘बाहुन’ ले जस्तै धोतीपाटा लगाएर खाना पस्किन्थे ।”

महाकवि देवकोटाले ‘यात्री’ कविता रचना गरेको स्थान चन्द्रागिरि फेदीकै चित्लाङस्थित एक ढुङ्गेधारा रहेको स्थानीय बुद्धिजीवी बुद्धरत्न मानन्धरले जानकारी दिए । आफू काठमाण्डौंमा अध्ययन गर्दा ‘यात्री’ कविता अध्यापन गराउने बेला नेपाली विषयका गुरुले उक्त कविता चित्लाङमा बसेर लेखिएको बताउनुभएको उनी स्मरण गर्छन् । स्थानीय माध्यमिक विद्यालयमा लामो समय प्रधानाध्यापक समेत रहनुभएका उहाँलाई २०५२ सालमा महाकवि देवकोटाका सन्ततीहरुले भेटेर आफ्नो जिजुबाजेले यात्री कविता सिर्जना गरेको स्थान कहाँ होला भनी सोधेको उनले जानकारी दिए । “त्यसको दुई हप्तापछि महाकवि देवकोटाको सन्ततिहरुले ‘यात्री’ कविता लेखिएको ठूलो बोर्ड लिएर आए, हामीले चित्लाङ माथि उक्त बोर्ड राख्यौं, पछि त्यसको संरक्षण भने हुन सकेन । ” उनले भने ।

शताब्दि पुरुष सत्यमोहन जोशी महाकवि देवकोटाले चित्लाङमा बसेर ‘यात्री’ कविता रचना गरेको औँल्याउँछन् । उनले भने,“२००७ सालको क्रान्तिअघिसम्म काठमाण्डौँका मानिस चन्द्रागिरिको गढीबाट चित्लाङ, कुलेखानी, भीमफेदी, अमलेखगञ्ज, रक्सौल हुँदै भारत जान्थे । उताबाट पनि यही बाटो भएर आउँथे । महाकवि देवकोटा पनि भारत अध्ययन गर्न जाँदा त्यहीबाटो भएर धेरैपटक हिँडेको हुनुपर्छ ।” पैसावाल मानिसहरु तामदान चढेर जाने र लेखक–कविलगायत सर्वसाधारण हिँडेर जाने हुँदा सोही क्रममा महाकविले ‘यात्री’ लेखेको हुनसक्ने उनको अनुमान छ । “कविहरुले केही कुरा देखेपछि उनीहरुमा त्यसको प्रभाव पर्ने र त्यसलाई काव्यधारामा ढाल्ने कविहरुको विशेषता नै भएकोले यात्रीहरुको दिनचर्याबाट प्रभावित भएर देवकोटाले कविता लेखेको हुनुपर्छ,। ” उनले भने ।

‘यात्री’ कविताको चर्चा गर्दै शताब्दि पुरुष जोशीले भने, “देवकोटाका कैयौं महाकाव्य र कविताहरुमध्ये ‘यात्री’ आध्यात्मिक भावधारामा रचिएको दार्शनिकस्तरको कविता हो । शरिर आफैमा मन्दिर भएको र नबोल्ने देवतालाई हैन, आफैभित्रको बोल्ने देवतालाई चिन भन्ने सन्देश बोकेकोले ‘यात्री’ सबैका लागि स्वीकार्य छ ।”

स्थानीय बुद्धिजीवी बुद्धरत्न मानन्धरका अनुसार तराई तिरबाट आउँदा चित्लाङबाट चन्द्रागिरिको उकालो चढ्नुअघि यात्रीहरु फेदीमा केहीबेर आराम गर्थे । खानेपानीका लागि ढुंगेधारा थियो । त्यही ढुंगेधाराको पानी पिएर आराम गर्ने बेला महाकवि देवकोटाले ‘यात्री’ कविता लेख्नुभएको हो ।

भारत र तराई क्षेत्रबाट पशुपतिको दर्शन गर्न आएका ठूलाठूला जीउडाल भएका मानिसहरुलाई पटपट गोडा फुटेका दुब्ला मानिसहरुले बोकिरहेको देखेपछि महाकवि देवकोटाले ‘यात्री’ कविता रचना गर्नुभएको उनको भनाइ छ । ‘यात्री’ कविताले त्यो बेलाको चित्लाङ मार्गको परिवेशलाई झल्काउने उनले बताए। “ठूलावडा मानिसहरुलाई नोल लगाएर बोक्न लगाई विशेष प्रकारको गाडीमा चढेर आउजाउ गर्थे, स्थानीयहरुले बाटो छेउमा बसेर जय–जयकार गर्नुपथ्र्यो ।” उनले भने ।

‘यात्री’ कविता मकवानपुरको चित्लाङमा रचना गरिएको सुनेपछि वाग्मती प्रदेशका भौतिक मन्त्री रामेश्वर फुयाँलको पनि चासो बढेको छ ।“ चिनिया यात्री हुयान साङ र भारतीय सम्राट अशोकसमेत हिँडेको बाटो हो यो, महाकवि लक्ष्मीप्रसाद देवकोटा नहिँड्ने कुरै भएन । उनले चित्लाङको जुन धारामा बसेर यात्री कविता लेख्नुभयो, त्यसको सम्मान गर्दै धारा रहेको क्षेत्रलाई विशेष सम्पदायुक्त बनाउनु पर्छ । ” उनले भने ।

महाकवि देवकोटाको सम्झनामा धारा संरक्षण, महाकविको पञ्चधातुको शालिक निर्माण, उद्यान निर्माण, लगायत पूर्वाधारहरुको विकास गर्ने विषयमा स्थानीयले गरेको प्रस्ताव स्वीकार गर्दै उनले भने, “तपाईंहरु अघि लाग्नुस्, मन्त्रालयको साथ रहन्छ ।”