२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भोटेकोशी बाढीपछिको पुन:स्थापनामा स्रोत अभाव हुन दिन्नौँ’ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढी प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिसहितको वैज्ञानिक बस्ती विकास गर्न स्रोत अभाव हुन नदिने बताएका छन्।

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुन:स्थापनाका लागि स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा उनले सरकारसँग उपलब्ध तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन परिचालन गरेर पुन:स्थापना अघि बढाइने बताएका हुन्।

सडक सञ्जाल शीघ्र सञ्चालन गर्ने तयारी
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सडक सञ्जाल जतिसक्दो छिटो पुन:स्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको बताएका छन्। सडक सञ्चालनमा आएपछि प्रभावित समुदायलाई जनजीवन पूर्ववत् अवस्थामा फर्काउन सहज हुने उनको भनाइ छ।

छलफलमा जनप्रतिनिधिले विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएको जानकारी गराएका थिए। त्यसप्रति खुसी व्यक्त गर्दै प्रधानमन्त्री शाहले विपद्को सामना गर्न तीनै तहका सरकार एक ठाउँमा उभिएर काम गरेको बताएका छन्।

“यसअघि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौँ, मिलेर काम गर्‍यौँ,” प्रधानमन्त्री शाहले भनेका छन्।

जोखिमयुक्त तटीय क्षेत्रमा पुनः बस्ती नबसाइने
प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित नदी तटीय क्षेत्रका केही स्थानमा पुनः बस्ती बसाउन सम्भव नहुने बताएका छन्। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई नजिकैको सुरक्षित स्थानमा स्थानान्तरण गरी व्यवस्थित बस्ती विकास गर्ने तयारी सरकारले सुरु गरेको उनले जानकारी दिएका छन्।

नयाँ बस्ती विकास गर्दा प्रभावित नागरिकको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र जीविकोपार्जनलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा उनले जोड दिएका छन्।

“बस्ती बसाउँदा प्रभावित मानिसहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृतिलगायतलाई ध्यान दिनुपर्छ र पूर्ववत् अवस्था उपलब्ध हुनुपर्छ। खेतीयोग्य जमिन जोगाउँदै वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्छ,” उनले भनेका छन्।

प्रधानमन्त्री शाहले सुरक्षित बस्ती विकासका लागि उपयुक्त जग्गा पहिचान गरी संघीय सरकारसमक्ष सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन्।

जनप्रतिनिधिबाट वस्तुस्थितिबारे जानकारी
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलबाट बाढीपछिको वास्तविक अवस्था, स्थानीय आवश्यकता र पुन:स्थापनाका प्राथमिकताबारे जानकारी प्राप्त भएको बताएका छन्। छलफलले स्थानीय जनप्रतिनिधिको मनोबल बढाउनसमेत सहयोग पुग्ने उनको विश्वास छ।

0 Comments