२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाइडेनको कार्यकालमा रक्षामन्त्रीमा महिलाले अवसर पाउने सम्भावना बढ्यो

अ+ अ-

वासिङटन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने सम्भावना रहेको छ । अमेरिकी रक्षामन्त्रीमा हालसम्म कुनै पनि महिलाले अवसर पाएका छैनन् ।

रक्षा मन्त्रालय मातहतका निकायमा रहेर काम गरिसकेकी मिसेल फ्लोरनोएले यस्तो दुर्लभ अवसर प्राप्त गर्न लागेको बाइडेन निकटका व्यक्तिहरुले बताएका छन् ।

राजनीतिक रुपमा मध्यमार्गी धारकी भनेर चिनिने मिसेल बाइडेनको पहिलो रोजाईमा रहने बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षे कार्याकालमा पाँच जना रक्षामन्त्री फेरिइसकेका छन् । पछिल्लो पटक रक्षामन्त्री मार्क एस्परलाई राष्ट्रपति ट्रम्पले चुनाव सकिएलगत्तै गत सोमबार बर्खास्त गरेका छन् र अहिले उक्त पद रिक्त छ ।

रक्षामन्त्री एस्परले विदेशबाट अमेरिकी सेना फिर्ता गर्ने तथा अमेरिकामा भएका कतिपय विरोध प्रदर्शनमा सेना परिचालन गर्ने विषयमा राष्ट्रपति ट्रम्पसँग विमती राख्दै आएका थिए ।

डेमोक्रेट पार्टीले विगतदेखि नै मुलुकका रक्षा मन्त्रालय समेतका महत्वपूर्ण पदहरुमा महिलालाई पनि अवसर दिनुपर्ने भन्दै वकालत गरिरहेको छ । यसअघि सन् २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपतिमा विजयी भएको भए मिसेललाई नै रक्षा मन्त्रालयको कार्यभार दिइने चर्चा थियो ।

अहिले फेरि मिसेलको नाम अग्रस्थानमा छ । उनान्साठी वर्षीया मिसेलले विदेशमा अमेरिकी सैनिक सहयोगलाई अझ सुदृढ गर्नुपर्ने दृष्टिकोण राख्दै आएका छन् । उनले सन् २००९ देखि २०१२ सम्म अमेरिकी रक्षा नीतिसम्बन्धी उपमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

अमेरिकी सिनेटमा रिपब्लीकन र डेमोक्रेट दुवैले मिसेलको नामलाई सहजै अनुमोदन गर्ने सम्भावना रहेको छ ।

तर कतिपयले गृह विभागका पूर्व प्रमुख जे जोन्सन पनि रक्षामन्त्रीका लागि सम्भावित उम्मेदवार रहेको बताइरहेका छन् । तर बाइडेनले यसअघि चुनावी प्रचारका क्रममा महिलालाई विशेष अवसर र प्राथमिकता दिने बताइरहेकाले पनि मिसेल नै रक्षामन्त्री हुने सम्भावना बढी छ ।