२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारमन्त्री गुरुङ भन्छन् : आवश्यक परे मन्त्री वा आफ्नो पद त्याग्न तयार छु

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आवश्यक परे मन्त्री पद त्याग्न तयार रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा मंगलबार स्ट्याटस लेख्दै उनले जसरी भए पनि पार्टी एकता बचाउनुपर्ने तर्क गरेका छन् । सरकारको मूल नेतृत्व परिवर्तनबाहेक अन्य परिवर्तन गर्न आफूहरू तयार रहेकोसमेत उनको भनाइ छ ।

‘कोभिड– १९ का कारण राष्ट्रको सामु चौतर्फी संकट भएको वेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधानविपरीत पार्टी विभाजन गर्ने, क्रान्ति होइन, प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौँ । सत्ता र शक्तिका लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व परिवर्तनबाहेक मलगायत धेरै नेता, कार्यकर्ता आवश्यक परे मन्त्री वा आफ्नो पद त्याग गर्न पनि तयार छौँ । यो भावनालाई बुझेर नेतृत्वले पार्टी एकतालाई बचाउन, विभाजनबाट रोक्न र वर्तमान संकट व्यवस्थापन गर्न सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष, आदरणीय पार्टी अध्यक्ष, पार्टीका जिम्मेवारी अन्य नेता कमरेडहरूमा हार्दिक अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।