काठमाडौँ । नेपाल कम्युनिस्ट पाटी (नेकपा) सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अधयक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् ।
केही बेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्री ओली मुस्कुराउँद बैठक कक्षमा प्रवेश गरेका हुन् ।
केहीबेर प्रचण्ड र ओलीबीच सामान्य छलफल पनि भएको स्रोतले बताएको छ ।
यस अघि बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गर्दै छुट्टै प्रस्ताव ल्याएका थिए ।
आजको बैठक केहीबेर बसेर स्थगित हुने नेकपा स्रोतको भनाइ छ ।