काठमाडौँ । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई आज पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले गत असोज २९ गते काठमाडौँ महानगरपालिका-३१ नयाँ बानेश्वरस्थित ग्लोबल आइएमई बैँकमा कार्यरत चौकीदारलाई खुकुरी प्रहार गरी फरार भएका भनिएका काठमाडौँ थापागाउँका शशि थापालाई आज अपराह्न बानेश्वरबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रमेश विष्टले बैँकका गार्डलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेको अभियोगमा थापालाई पक्राउ गरिएको जानकारी दिए ।







