१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाका कारण भारतका वरिष्ठ नेता पटेलको निधन

अ+ अ-

नयाँदिल्ली । भारतीय काँग्रेसका वरिष्ठ नेता अहमद पटेलको बुधवार निधन भएको छ । उनलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र शरीरका धेरै अङ्गले काम गर्न छाडेपछि निधन भएको परिवारजनले जनाएका छन् ।

उनका छोरा फैसल पटेलले स्थानीय समय अनुसार बुधवार बिहान ३.३० बजे आफ्ना पिताको निधन भएको जानकारी दिए । पार्टीका शीर्ष रणनीतिकार समेत मानिनु हुने ७१ वर्षीय नेता पटेलको अवस्था पछिल्लो केही दिनदेखि जटिल बन्दै गएको थियो ।

उनलाई मेदान्त अस्पतालमा उपचार गराइएको थियो । यही नोभेम्बर १५ देखि उहाँको अवस्था बिग्रिँदै गएको परिवारजनले जनाएका छन् । उनका छोरा फैसलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मेरो पिता झण्डै एक महिना अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित हुनु भएको थियो, आज उहाँको निधन भयो, म अल्लाहसँग उहाँको आत्माको शान्तिका लागि कामना गर्दछु ।’

उनको निधनप्रति भारतका राष्ट्रपति, प्रधानमन्त्री, काँग्रेस प्रमुखलगायत विभिन्न नेता तथा सुवेच्छुक र इष्टमित्रहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेका छन्। आफूहरूप्रति सहानुभूति प्रकट गर्नेहरू सबैलाई उनका छोरा फैसलले धन्यवाद ज्ञापन गर्दै कोरोनाभाइरसका बारेमा हेल्चक्र्याई नगर्न पनि सबैलाई आग्रह गरेका छन् ।

स्वर्गीय पटेल गुजरातबाट अहिले पनि राज्य सभा सदस्य थिए । योसँगै उनी आठ पटक सांसद भएका थिए । ती मध्ये पाँच पटक राज्य सभामा हुनुभएको थियो भने तीन पटक लोकसभामा निर्वाचित भएका थिए।

भारतीय राष्ट्रिय काँग्रेसका उनी अहिले पनि कोषाध्यक्ष हुन् । अहिले उनको तेस्रो कार्यकाल चलिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस