२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक

अ+ अ-

लमजुङ । यहाँका एक पुरुषलाई तीन दशकदेखि आफ्नै घरको कोठामा बन्धक बनाएर साङ्लोले बाँधेर राखिँदै आएको छ । दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको मानसिक सन्तुलन गुमेपछि उनका परिवारले दाँहिने हातमा फलामको साङ्लोले बाँधेर कोठामा बन्धक बनाएर राखेको छ ।

गुरुङको मानसिक सन्तुलन गुमेपछि परिवारले समाल्न नसकेपछि बाध्य भएर घरकै एक कोठामा फलामको साङ्लोले बाँधेर राखिँदै आएको उनका ठूलो दाइ बेनीराम गुरुङले बताए । उनले भने, ‘भाइलाई यतिकै छोडिदिँदा परिवारलाई आक्रमण गर्ने जे पाउँछ त्यही फाल्ने, घर भत्काउने गर्ने भएकाले बाध्य भएर साङ्लोले बाँधेर राख्दै आएको हो, यतिकै छोड्दा घर छोडेर भाग्ने र लिन जाँदा आक्रमण गर्ने गर्दा परिवारका सदस्य घाइतेसमेत हुने गरेका थिए ।’

उनी पहिला राम्रै भए पनि १८ वर्षको उमेरबाट मानसिक सन्तुलन गुमेपछि कहिले भैँसी बाँध्ने फलामको साङ्लो त कहिले केही बाँध्ने फलामको साङ्लोले दायाँ हात बाँधेर कोठामै थुनेर राखिएको परिवारको भनाइ छ । परिवारका अनुसार गुरुङ १८ वर्षको उमेरमा भाारतीय सेनाका लागि भर्ती हुनलाई गएका र भर्ती हुन नसकेपछि घर आउने बित्तिकै मानसिक सन्तुलन गुम्न पुगेको थियो ।

मानसिक सन्तुलन गुमेका गुरुङका ठूली भाउजु दबलकुमारी गुरुङले भनिन्, ‘कतै कसैले सहयोग गरी राखेर उपचार गर्ने मान्छे भेटिएमा भगवान भेटे जस्तो हुथ्यो ।’आर्थिक अवस्था कमजोर भएकाले केही गर्न नसकिएको परिवारले जनाएको छ ।

मानसिक सन्तुलन गुमेका गुरुङले कोठामा निकै कष्टकर जीवन बिताउँदै आएका छन् । राम्रोसँग ओछ्यान लगाइदिए पनि सबै फाल्ने गरेकाले यतिकै राखिँदै आएको परिवारले जनाएको छ । मानसिक सन्तुलन गुमेका गुरुङ दाजुभाइमध्ये कान्छा हुन् । गुरुङका चार दाजुभाइ र छ दिदीबहिनी रहेकामा ठूलो दाई बेनीरामले हेरचार गर्दै आइरहेको परिवारले जनाएको छ ।