काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले बढेको छ सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला सुन आज रु ५०० ले बढेर रु ९० हजार ५०० पुगेको छ ।
त्यसैगरी सोमबार प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने रु ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तेजाबी सुन पनि प्रतितोला रु ५०० ले वृद्धि भएको हो । यस्तै चाँदी प्रतितोला रु एक हजार १५५ मा कारोवार भएको छ । सोमबार प्रतितोला रु एक हजार १२० मा कारोवार भएको चाँदी आज भने तोलामा रु ३५ ले वृद्धि भएको हो ।







