१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेत वीरेन्द्रनगरमा थन्किए सिनियर शिक्षक

अ+ अ-

सुर्खेत । वीरेन्द्रनगरका सामुदायिक विद्यालयमा राजनीतिक शक्तिका आधारमा प्रधानाध्यापक छनोट गर्ने पुरानै परम्परा हो । योग्यता र नियुक्तिमा सिनियर हुँदाहुँदै  विद्यालय व्यवस्थापन समितिले दम्भका साथ जुनियर शिक्षकलाई प्रधानाध्यापकमा छनोट गरेको छ । जसले सिनियर शिक्षकलाई काम लगाउन जुनियर प्रधानाध्यापकलाई सङ्कट परेको छ ।

नगरपालिका वीरेन्द्रनगरले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा नगर शिक्षा ऐन २०७४ ,अनुसार विद्यालयको प्रधानाध्यापक छनोटको आधार तयार गरेको छ । तयार गरेको आधार आजका दिनसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन । जसले  पार्टीको आडमा विद्यालयमा गठन भएको विद्यालय व्यवस्थापन समिति नै प्रधानाध्यापक बनाउन हाबी देखिन्छ । ठुला विद्यालयमा व्यवस्थापन समिति गठन हुँदा जिल्लागत पार्टीको  हुइयाँ नै जारी गरेको पाइन्छ ।

वीरेन्द्रनगर स्थित श्री जन माध्यमिक विद्यालय वीरेन्द्रनगर, भैरव माध्यमिक विद्यालय भैरव स्थान र अमर ज्योति माध्यमिक विद्यालय नेवारेमा जुनियर शिक्षकलाई, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय धारापानीमा अस्थायी राहतलाई र नेपाल राष्ट्रिय मावि रतु पारे गाउँमा निजी श्रोतका समेतलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक बनाएको नगर शिक्षा शाखा वीरेन्द्रनगरले जनाएको छ ।

कर्णाली प्रदेशको राजधानी केन्द्रको रूपमा रहेको वीरेन्द्रनगर नगरपालिका शैक्षिक रूपमा अग्रस्थानमा रहेको छ । जहाँ मध्यपश्चिम विश्वविद्यालय एक, त्रिविको सरकारी सुर्खेत शिक्षा क्याम्पस एक, सामुदायिक क्याम्पस दुई ,संस्थागत क्याम्पस तीन, सामुदायिक विद्यालयहरू ६४, संस्थागत विद्यालय ७७, सामुदायिक सिकाई केन्द्र पाँच, वाल विकास केन्द्र सामुदायिक ९९, मन्टेश्वरी ३८ र सिटिईभिटिका संस्थाहरू १८ रहेका छन् ।

राजनीतिक शक्तिको आधारमा वीरेन्द्रनगर सुर्खेतमा मात्र होइन, यो विद्यमान समस्या नेपाल भरी नै छ । शिक्षा शाखाले प्रधानाध्यापक छनोटको मापदण्ड कार्यविधि तयार गरी कार्यपालिकामा पेस गरेको चार महिना भई सके पनि पास हुन सकेको छैन । तर पनि दुई वर्षसम्म अलमलिएको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय करैखोलामा ४ महिनामा नगर शिक्षा शाखाको प्रशासनिक दबाब पछि मापदण्डको आधारमा प्रधानाध्यापक छनोट भएको छ । कार्यविधि पास भए योग्यता र सिनियरकै आधारमा शिक्षा शाखा वीरेन्द्रनगरमा प्रधानाध्यापक छनोट पर्ने नगर शिक्षा प्रमुख ललित विक्रम सिंहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस