२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कति छ सगरमाथाको नयाँ उचाइ ? आज घोषणा हुँदै

अ+ अ-

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज घोषणा हुँदै छ । आज विशेष समारोहकाबीच सगरमाथाको नयाँ मापन गरिएको उचाइ घोषणा गरिने नापी विभागले जानकारी दिएको छ ।

यही मङ्सिर १० गतेको मन्त्रिपरिषद् बैठकले नयाँ उचाइ घोषणाको स्वीकृति दिएको थियो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।

नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्ष अघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन जोडिएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । दुवै मुलुकमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ ।

नेपालले आफ्नै स्रोत र साधनमा पहिलोपटक सगरमाथाको उचाइ मापन गरेको हो ।

हालसम्म कायम रहेको सगरमाथाको ८ हजार ८ सय ४८ मिटर उचाइ सन् १९५४ मा भारतले मापन गरेको थियो । यसलाई नै नेपालले आधिकारिक मान्यता दिँदै आएको छ ।

सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । अमेरिकाले गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ५ सय ५० निस्किएको थियो भने चीनले गरेको मापनमा ८ हजार ८ सय ४४ मिटर निस्किएको थियो ।

वि.स. २०७२ को महा भूकम्प पछि सगरमाथाको उचाइमा परिवर्तन आएको नापी विभागको सर्वेक्षणमा उल्लेख गरिएको छ ।