१२ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एल निनोले पेरु र इक्वेडरमा बाढी

अ अ+ अ-

एजेन्सी । शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका विभिन्न सहर बाढीको चपेटामा परेका छन् । बाढीले पेरुमा हजारौँ परिवार प्रभावित भएका छन् भने इक्वेडरमा ३४ जनाको मृत्यु भएको र ४७ हजार जना प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।

उत्तरी पेरुको पिउरा सहरमा बिहीबारदेखि लगातार १२ घण्टासम्म परेको भारी वर्षाले सडकमा कम्मरसम्म पानी जमेको छ । राष्ट्रिय नागरिक सुरक्षा संस्थानका प्रमुख लुइस भास्केजका अनुसार प्रारम्भिक विवरणमा वर्षाबाट करिब दुई हजार परिवार प्रभावित भएका छन् ।

पिउराको सान्ता मार्गारिटा क्षेत्रका बासिन्दा पियरे गाराविटोले एल निनोको प्रभावस्वरूप परेको यो पहिलो ठूलो वर्षाले आफ्नो घरका सामान नष्ट गरेको बताएका छन् । उनका अनुसार छिमेकका अन्य बासिन्दाले पनि यस्तै क्षति बेहोर्नुपरेको छ । अर्का स्थानीय बासिन्दा सिजर पाचेरेले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी नगरेको भन्दै स्थानीय अधिकारीहरूको आलोचना गरेका छन् ।

बाढीका कारण पेरुका राष्ट्रपति केइको फुजिमोरीले कोलम्बिया भ्रमण स्थगित गरेका छन् । उनले प्रभावित क्षेत्रको भ्रमण गर्ने योजना बनाएका छन् । पिउरामा नर्सका रूपमा कार्यरत २६ वर्षीया येरान सेस्पेडेस मोरालेसले घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा रहेका वृद्धवृद्धा र बालबालिकाप्रति चिन्ता व्यक्त गरेकी छन् ।

पेरु र छिमेकी इक्वेडरसहित ल्याटिन अमेरिकाका केही देशले एल निनोको प्रभावका कारण राष्ट्रिय आपत्काल घोषणा गरेका छन् । मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रम बढ्ने यस प्राकृतिक घटनाले विश्वभर हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ । यस वर्षको एल निनो अहिलेसम्मकै शक्तिशालीमध्ये एक हुने अनुमान गरिएको छ र यसले महादेशका विभिन्न क्षेत्रमा प्रतिकूल मौसम निम्त्याइसकेको छ ।

इक्वेडरको जोखिम व्यवस्थापनसम्बन्धी राष्ट्रिय सचिवालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार एल निनोसँग सम्बन्धित भारी वर्षाका कारण ३४ जनाको मृत्यु भएको छ भने ४७ हजार जना प्रभावित भएका छन् । पश्चिमी सहर मान्टामा दुई नदीले किनारा नाघेपछि बासिन्दाहरू छातीसम्म डुब्ने पानीमा हिँड्न बाध्य भएका छन् ।

स्थानीय ४१ वर्षीया फर्नान्डा नाभारेटले आफूहरू चार दिनदेखि हिलो र पानीमा बस्नुपरेको बताएकी छन् । उनका अनुसार बाढीले घरका फर्निचर, लत्ताकपडा र उपकरण नष्ट गरेको छ । ढल निकासका संरचना फुट्दा दुर्गन्ध फैलिएको र जनजीवन कष्टकर बनेको उनले बताएकी छन् ।

0 Comments