२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संवैधानिक निकायमा सक्षम र योग्य व्यक्ति नियुक्त गर्न आह्वान

अ+ अ-

काठमाडौँ । पूर्वआयुक्त समाज–राष्ट्रिय मानव अधिकारले संवैधानिक निकायमा तत्काल सक्षम र योग्य व्यक्तिको नियुक्ति गर्न तथा सङ्क्रमणकालीन न्यायका बाँकी कार्याभार पूरा गर्न अग्रसर हुन आह्वान गरेको छ ।

समाजका अध्यक्ष एवम् पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा संसद्को कार्यादेश बमोजिम सरकारले संविधानको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय मानव अधिकार आयोगलगायतका अन्य आयोगमा पदाधिकारी नियुक्ति गर्न आह्वान गरिएको हो ।

विस २०७४ मा सम्पन्न आम निर्वाचनपश्चात् गठित संसदबाट आफ्नो कार्यकाल पूरा गर्ने कार्यादेशसहित सरकार निर्माण भएपछि सो सरकारले संविधानको कार्यान्वयनलाई तीब्रता दिनेछ भन्ने विश्वास गरिएको भएपनि नेतृत्वबीच चुलिएको द्वन्द्वले संविधानको मूल्य र मर्ममाथि आघात पर्न थालेको उल्लेख छ ।

यसैबीच, यही मङ्सिर २३ गते मोरङ जिल्लाको ग्रामीण इलाकामा शिक्षण पेशा गर्दै आएका राजेन्द्र कुमार श्रेष्ठको घाँटी रेटी निर्ममतापूर्वक हत्या गरिएको घटनाले २० वर्ष अगाडि लमजुङ्गका शिक्षक मुक्तिनाथ अधिकारी तथा ओखलढुङ्गाका शिक्षक गुरु लुइँटेलको हत्याको पुनरावृत्ति भएको त हैन भन्ने दुखद् प्रश्न फेरि उठ्न थालेको विज्ञप्तिमा छ ।

राजनीतिक उद्देश्य हासिल गर्ने नाममा व्यक्ति हत्याका निन्दनीय अपराध दोहोरिन थालेकोमा समाजले भत्सना गर्दै शान्ति प्रक्रियाको अभिन्न अंगका रुपमा रहेको सङ्क्रमणकालीन न्यायको प्रभावकारी सम्बोधन गर्न आग्रह गरिएको छ ।