२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक-प्रधानाध्यापकलाई ठेक्कापट्टा र राजनीतिमा नअलमलिन शिक्षामन्त्रीको आग्रह

अ+ अ-

झापा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई ठेक्कापट्टा र राजनीतितिर नभई पठनपाठनको गुणस्तर सुधार्नतिर ध्यान दिन आग्रह गरेका छन् ।

मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक विद्यालयको नयाँ पुस्तकालय भवनको उद्घाटन गर्दै उनले शिक्षालाई प्रविधिमैत्री बनाउन शिक्षकले मेहनत गर्नुपर्ने बताए ।

झापाको नमुना विद्यालयका रूपमा चिनिएको आदर्श माविमा सङ्घीय सरकारको १६ लाख र प्रदेश नम्बर १ सरकारको ६ लाख ५० हजार गरी कूल २२ लाख ५० हजारका लागतमा विद्यालय परिसरमा पुस्तकालय भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोखरेलले बताए ।

यसअघि मन्त्री पोखरेलले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यका नाममा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान झापाद्वारा बिर्तामोडमा सञ्चालित बहु प्राविधिक शिक्षालयको शनिवार बिहान उद्घाटन गरेका थिए । बिर्तामोड नगरपालिका–४ मा भवन भाडामा लिएर सञ्चालित शिक्षालयमा कृषि, जीव र वन विज्ञान सम्बन्धी पढाइ हुनेछ ।

शिक्षालयमा १२० जनाले तीन वर्षे डिप्लोमा तहको अध्ययनको अवसर पाउने प्रतिष्ठान झापाका अध्यक्ष ज्योतिसिंह दर्लामीले बताए । उनले शिक्षालयले जग्गा भाडामा लिएको र दुई वर्षभित्र आफ्नै भवनसमेत बनाउने तयारी गरिरहेको जानकारी दिए ।