२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकल वाङ्मय साहित्य पुरस्कार भाषासेवी शान्तदास मानन्धरलाई

अ+ अ-

काठमाडौँ । आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित यस वर्षका विभिन्न पुरस्कार वितरण गरिएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठानले आज गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको प्रतिष्ठान परिसरमा आयोजित कार्यक्रममा स्रष्टाहरुलाई पुरस्कार वितरण गरिएको हो ।

प्रतिष्ठानले यस वर्षको विकल वाङ्मय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरेको छ । यो पुरस्कारको राशि रु ३० हजार रहेको छ । यसैगरी रु २० हजार राशिको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोखरेल (अनाथाश्रम विराटनगर) लाई प्रदान गरिएको छ ।

रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतीलाई दिइएको छ । साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइ देवी विश्वकर्मालाई प्रदान गरियो । रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला सङ्गीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ ।

सबै पुरस्कारको राशि रु १० हजार रहेको छ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे लगायतले स्रष्टाहरुलाई पुरस्कार वितरण गरे।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरे, पुरस्कृत स्रष्टाद्वय मानन्धर र शर्मा, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा प्रतिष्ठानका उपाध्यक्ष के। के कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा प्रतिष्ठानका उपाध्यक्ष हेमनाथ पौडेल, प्रतिष्ठानका महासचिव विजय चालिसे, प्रतिष्ठानका सदस्य मातृका पोखरेललगायतले विकलको बहुआयामीक व्यक्तित्व तथा प्रतिष्ठानका गतिविधिबारे चर्चा गरे ।